Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

२ पत्रुस 3:8-9 (NNRV)
8. तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ।9. आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्‌, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ।

ईम्मानुएल! आज परमेस्वर हामिहरुसग हुनुहुन्छ । येशु प्रभु मान्छेको पापबाट छुट्कारा दिन क्रुसमा टागिएको र गाडिएको तीन दिन पछि पुनरोत्थान पछि स्वर्ग उचालिनु भयो। आज येशु पबित्र आत्माको रुपमा काम गर्नुहुन्छ र हामिहरु भित्र हुनुहुछ। तर बाइबलले बताउदछ- येशु दोस्रो अर्थात अन्तिम पटक फेरि आउदै हुनुहुन्छ। आज मानिसहरु सोच्छन कि येशु फेरि आउनु हुने हो भने किन आजसम्म आउनुभएन? बाइबलका यी खण्डहरुमा प्रभुले बोल्नुभएको छ कि परमेस्वरको समय मानिसलाई थाहा हुदैन। परमेस्वरको हिसाब किताब , उहाको लेखाजोखा र सबै रहस्य मानिसको समझ भन्दा टाढा छ। येशु पहिलो पटक मानिसको पुत्र भएर सन्सारलाई पापबाट मुक्ती दिन आउनु भयो। उहाँ नम्र, र होचिएर आउनुभयो। तर अर्को पटक उहाँ आउनुहुदा येशु नम्र र होचिएर होइन, सन्सारको न्याय र इन्साफ गर्न आउदै हुनुहुन्छ। परमेस्वरले आफ्नै प्रतिरुपमा सृष्टि गर्नु भएको मानिसहरु कोहि पनि नाश नहोस तर येशुको नाउमा बिस्वास गरेर अनन्त जीवन पाउन भन्ने उहाको असिम चाहना छ। यसर्थ, अहिले सम्म वा अहिल्यै उहाँ नआईकन मानिसहरुलाई समय दिईरख्नु भएको छ। बिस्वास गर्न सकोस, परमेस्वरकहा मानिसहरु धेरै भन्दा धेरै आउन् सकुन भनेर धैर्य गरि राख्नु भएको छ। उहाँ अनुग्रहि, रिश गर्नमा ढिलो, कृपालु हुनुभएकोले मानिसहरुले आज पनि मोका पाईरहेका छन। येशुलाई धन्यवाद ! उहाको धैर्यकै कारण तपाईं र मैले पनि मुक्ती पाउन सकयौ। यसर्थ, आज हाम्रो वरिपरिका ,देस देशका करोडौं मानिसहरुले येशुलाई चिन्नु पर्छ। परमेस्वर कोहि पनि नाश भएको चाहनुहुन्न। के आज तपाईं पनि मानिसहरू बचाउने परमेस्वरको ईच्छा र योजनामा भागिदार हुन चाहनुहुन्छ? आजै शुरु गर्नुहोस। खृस्टको शुसमाचार र मुक्तिलाई बाड्न। खृस्टको प्रेमलाई फैलाउन, खृस्टको शान्ती, छुटकारा लाई प्रचार गर्न। आमेन।

18 डिसेम्बर 2021
- पास्टर नयन राई