Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

2 शमूएल 12:7,8,9,13 (NNRV)
7. तब नातानले दाऊदलाई भने, “त्‍यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ। 8. मैले तँलाई तेरा मालिकको घर र त्‍यसका पत्‍नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ। 9. तर तैंले उहाँको दृष्‍टिमा जे खराब थियो त्‍यो गरेर किन परमप्रभुको वचनलाई तुच्‍छ ठानिस्‌? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्‌, र तैंले त्‍यसकी पत्‍नीलाई आफ्‍नी बनाउन लगिस्‌। तैंले त्‍यस मानिसलाई अम्‍मोनीहरूको तरवारले मर्न दिइस्‌। 13. तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन।

हित्ती उरियाहको श्रीमतीलाई आफ्नो बनाएर तिनलाई युद्धमा मर्न दिएका दाउदको गुप्तका सबै पापहरु परमेस्वरको आखाबाट देखिएको थियो। दाउद परमेस्वरले अभिषेक गरिएको, कसैले नपत्याएको वा नचिनेको भए तापनी परमेस्वरबाट साउललाई हटाएर उनको स्थानमा दाउदलाई राजा बनेका थिए। तर शारीरिक अभिलाषाका कमजोरीमा घुडा टेक्दै तिनले अनैतिक काम गरे र एक जना निर्दोष ब्यक्तिलाई युद्धमा मर्न दिई तिनले जघन्य अपराध गरे। परमेस्वरले अगमबक्ता नातान मार्फत दन्डको घोषणा गर्नुहुदा बल्ल दाउदको चेत खुल्यो। तिनले ठुलो पश्चाताप गरे। दाउदले गरेको पस्चाताप र भजन स. ५१ मा परमेस्वरप्रति तिनको बिलापहरु सुनेर परमेस्वरको मन बदलियो। उहाको अपार अनुग्रहले दाउदलाई नाश हुन दिएन। बरु क्षेमा दियो। दाउदको पाप ठुलो थियो। तर पश्चाताप पछि परमेस्वरले जुन क्षेमा र अनुग्रह दिनुभयो। त्यो झन ठुलो बन्यो। दाउद बाचे।
पृयहरु, पापका परिक्षामा नपर्नु नै उत्तम हो। तर यदि कसैले पाप गरि हालेको छ भने परमेस्वरले देख्नुहुन्छ। गुप्तमा पाप गरेका दाउदलाई अगमबक्ताले दन्डको घोषणा गर्न परे सम्म हामी नपर्खियौ । तत्काल साच्चिकै पश्चाताप गरेर प्रभुमा फर्किन उत्तम हुन्छ। किनभने येशुको क्षेमाको अनुग्रह विशाल छ। उहाँ अनुग्रहकारी, क्रोध गर्नमा ढिलो, दयालु हुनुहुन्छ। आमेन ।

30 नोभेम्बर 2021
-पास्टर नयन राई