Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

२ शमूएल 5:17-20 (NNRV)
17. दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्‍न निस्‍के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए।18. पलिश्‍तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।19. तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”20. तब तिनी उक्‍लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्‍यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो। त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम* राखियो।

दाउदलाई राजाको रुपमा स्वीकार र अभिषेक गरिएको भनेर सुन्दा पलिश्तिहरुले ईर्श्या गर्दै युद्धको ऐलान गरे। यो युद्द दाउदको निम्ति एक परिक्षा जस्तै थियो। परमेस्वर प्रतिको भक्ती र आदरको जीवन जिउने दाउदले प्रत्येक पटक युद्ध गर्नु अघि परम प्रभुसग सोध्ने गरे र सल्लाह मागे। यश पटक पनि सोधे र परमप्रभुको "जा गएर आक्रमण गर, म तिनिहरुलाई तेरो हातमा सुम्पिदिनेछु" भन्ने सल्लाह बमोजिम दाउदले पलिश्तिहरुलाई आक्रमण गरे। यो युद्ध दाउदले यसरी जिते कि उनी आफै एक प्रकारले आश्चर्य परे । राजा दाउदले भन्छन्- 'नदिले किनार भत्काए झै परमप्रभुले मेरो शत्रुलाई आज भत्काईदिनु भयो'। के तपाईं पनि युद्ध गर्दै हुनुहुन्छ? आत्मिक युद्द!, आर्थिक उन्नतिका निम्ति युद्ध ! परिवारलाई एकतामा ल्याउनको निम्ति युद्ध ! आत्मामा वृद्धि हुनको निम्ति युद्ध ! वा निरासाको विरुद्ध युद्ध ! जुन सुकै प्रकारको युद्ध भएतापनी परमप्रभु परमेस्वरलाई सोध्नुहोस, उहासग शक्तिको निम्ति सहायता माग्नुहोस। परमेस्वरले दाउदको शत्रुलाई भत्काईदिनु भए जस्तै गरेर तपाईको शत्रुहरुलाई पनि भत्काई दिनुहुनेछ र तपाईलाई स्वतन्त्रता , छुटकारा र बिजय दिनुहुनेछ। किनभने हाम्रो परमेस्वर हाम्रो शत्रुहरुलाई भत्काउनुहुने सर्बशक्तिमान हुनुहुन्छ । आमेन।

28 नोभेम्बर 2021
-(पास्टर नयन राई)