Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

यशैया 37:33-37 (NNRV)
33. “यसकारण अश्‍शूरका राजाको विषयमा परमप्रभु यो भन्‍नुहुन्‍छ: त्‍यो यस सहरमा आउनेछैन अथवा त्‍यसले एउटै काँड़ हान्‍नेछैन। त्‍यो यसको सामुन्‍ने ढाल लिएर आउनेछैन, न त यसको विरुद्धमा कुनै घेरा-मचान बनाउनेछ।34. जुन बाटो भएर त्‍यो आयो, त्‍यही बाटो भएर त्‍यो फर्कनेछ, र त्‍यो यस सहरमा पस्‍नेछैन,” परमप्रभु भन्‍नुहुन्‍छ।35. “मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यो सहर रक्षा गर्नेछु र बचाउनेछु!”36. तब परमप्रभुका दूत गएर अश्‍शूरीहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। मानिसहरू बिहान उठ्‌दा उनीहरूले ती सबै लाशहरू देखे।37. यसैले अश्‍शूरीहरूका राजा सनहेरीब निनवेमा फर्केर गए,..

यरुशलेमका राजा हिजकिया र तिनका प्रजालाई अशुरी राजा सेनहेरिबको सेनापतिले धम्कीले ठुलो सङ्कटमा पार्यो। अब उनिहरुलाई कसैले बचाउन सक्ने स्थिति रहेन। उनिहरुको भबिस्य केवल परमेश्वरको हातमा थियो।राजा हिजकिया नम्र हुँदै भाङग्रा लगाई परमप्रभुको मन्दिरमा पसेर रुदै छुटकाराको निम्ति बिन्ती प्रार्थना गर्न थाले। तब उनको प्रार्थना सुनियो र यशैया अगमबक्ताद्वारा परमेश्वरले छुटकाराको घोषणा गरिदिनुभयो- “मेरो आफ्‍नै खातिर र मेरो दास दाऊदको खातिर म यो सहर रक्षा गर्नेछु र बचाउनेछु!” त्यही समयमा परमप्रभुका दूतले एक लाख पचासी हजार अशुरीलाई मारेर तिनका राजालाई निराश बनाई घर फर्काउनु भयो। यसरी यरुशलेमलाई छुटकारा मिल्यो। आज पनि उहीँ परमेश्वर तपाईको साथमा हुनुहुन्छ। के तपाईं पेलिएको, हेपिएको वा खृस्टमा बिश्वास गरेकै कारण बिरोधिहरुको घेराबन्दिमा हुनुहुन्छ? हिजकिया राजा झै प्रार्थना गर्नुहोस। आज पनि हाम्रो परमेश्वर करुबहरुको बिचमा बिराजमान हुनुहुन्छ। उहाले तपाईलाई शत्रुहरुबाट छुटकारा दिनुहुनेछ। तपाईंको बिरुद्धमा आउने सारा धम्की र चुनौतीको बिरोधमा उहाँ लड्नुहुनेछ। उहाको स्वर्गदूतले तपाईको शत्रुहरुसग लड्नेछ। तपाईको बिरोधिहरु अशुरी राजाको झै नियती भोग्नेछन। हाम्रो परमप्रभुको जित हुनेछ। प्रभुको अगाडि आउन नथाक्नुहोस। यशूको बलिदानको खातिर तपाईको प्रार्थनाहरु सुनुवाई हुनेछन। आमेन।

21 मार्च 2022
पास्टर नयन राई