(Daily devotion)
आजको बचन मनन गर्नुहोस
3 यूहन्ना 1:5-8 (NNRV)
5. प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ।6. तिनीहरूले मण्डलीको सामुन्ने तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्ध मिलाइदियौ भने तिमीले असल गर्दछौ।7. किनभने अविश्वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्केका हुन्।8. यसकारण यस्ता मानिसहरूलाई सेवा-सत्कार गर्नुपर्छ, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं।
प्रेरित युहन्नाले गायस नाम गरेका एक जना मानिसलाई तिनले परमेस्वरका सेवकहरुलाई गरेको सेवा सत्कार र सहायताको बारेमा प्रशङ्सा गर्छन। खृस्टको नाउलाई प्रचार गर्न र उहाको भेडाहरुलाई खुवाउन रातदिन मेहनेत गर्नेहरुको सत्कार र सहायता गर्नु एक ठुलो काम हो । परमेस्वरको बोलावटलाई स्वीकार गरेर उहाको काम गर्न पनि एक चुनोतीपुर्ण काम हो। तर हामी सबैको सहायता र समर्थनले मात्र परमेस्वरको सेवा बड्दै जान्छ र सेवकहरुलाई पनि सहज हुन्छ। हाम्रो सहायता र सेवक अगुवा, पास्टर र प्रचारकहरुलाई गरिने समर्थन र आदरले मंडली र समाजमा गायसको झै उदाहरण बन्दै जानेछ। त्यसबेला परमेस्वरको महिमित सेवामा बलिदानको जीवन यापन गर्नेहरुको निम्ति हामी सत्यतामा एक सहकर्मी तथा भाइ र खृस्टको मित्र कहलाईनेछौ । परमेस्वरको बोलावट महान छ। आज परमेस्वरको सेवक प्रचारक, पास्टरहरुको सत्कार र आदर गर्दै गर्दा हामिले ब्यक्तिलाई होइन, परमेस्वरको बोलावट र करारलाई आदर गरेका हुन्छौं। आज नम्रतामा होचिनेहरु नै भोलिका ठुला सेवकहरु हुनेछन। आमेन।
Merry Christmas & happy new year 2022.
26 डिसेम्बर 2021
-पास्टर नयन राई