(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
यशैया 40:27-31 (NNRV)
27. हे याकूब, तँ किन भन्छस्? हे इस्राएल, तँ किन यस्तो गुनासो पोखाउँछस्? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्वरले मेरो वास्ता गर्नुभएको छैन।”28. के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन?29. उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।30. युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्।31. तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
मानिसले कस्ट आईपर्ना साथ परमेस्वरलाई प्रश्न गर्न थाल्छन अथवा उहाँ प्रती शङ्का गर्न थाल्छन। यहि नै याकुव अर्थात इस्राएलिहरुले पनि गरे। उत्तरी इस्राएललाई अशुरिहरुले बन्धक बनाएर लगिएका थिए। अब यशैया अगमबक्ताद्वारा बाकी ईस्राएली देश- पनि निर्बाशनमा लगिनेछ भनी भनिएको थियो यश परिस्थितिमा समस्त ईस्राएलिहरु त्रसित, आशाहिन अनुभव गर्दै थिए। उनिहरु भन्न लागे- 'अब हामी एक्लो भयौ, कसैले हामिलाई हेर्दैन, हामी गल्यौ र खत्तम भयौ।' तथापी परमप्रभुले उनिहरुलाई देखिरहनुभएको र उहाँ प्रती भक्ती राख्ने र बिश्वास गर्ने केही मानिसहरुलाई अझै पनि हेरिरहनुभएको थियो। ती मानिसहरुलाई उहाले निश्चय नै ईस्राएललाई पुनरस्थापित गर्नु हुनेथ्यो। इस्राएलको नया दिन आउने वाला थियो। निर्बासनबाट उनिहरु नया बलमा , शक्तिमा फेरि फर्कने थिए। त्यो बल र नया शक्ति परमप्रभुले दिन हुने थियो। थकाई र पिडामा जिउन परे पनि सहन गर्ने शक्ति पाउने थिए। उनिहरु आत्मिक र मानसिक रुपले पनि फेरि गरुड जस्तै बन्न परमप्रभुले सहायता गर्नु हुने थियो। के तपाईं पनि आज थकित हुनुहुन्छ ? के तपाईं पनि कमजोर महशुस गर्दै 'मलाई परमेस्वरले वास्ता गर्नुहुन्न!' भनेर प्रश्न गर्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईको निम्ति नै यो वचन छ। 'उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।. युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।' परमेस्वरको नजिक आउनुहोस। प्रश्न गर्नको सटटा बिस्वास गर्नुहोस। प्रार्थना, सङ्गती, वचन अध्ययन र भक्तिमा अगाडि बड्नुहोस। परमेस्वरले तपाईलाई आजै नया बल र शक्तिले नया उचाईमा लादै हुनुहुन्छ । आमेन।
23 मार्च 2022
पास्टर नयन राई