Listen

Description

(Daily devotion)
आजको वचन गरौ।

अय्यूब 42:6,9,10 (NNRV)
6. यसैकारण म आफूलाई तुच्‍छ ठान्‍छु, अनि धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्दछु।”....9. तब एलीपज तेमानी, बिल्‍दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्‍ना मित्रहरूका निम्‍ति अय्‍यूबले अन्‍तर्बिन्‍ती गरिदिँदा परमप्रभुले अय्‍यूबको प्रार्थना ग्रहण गर्नुभयो।10. यसरी अय्‍यूबले आफ्‍ना मित्रहरूका निम्‍ति प्रार्थना गरेपछि परमप्रभुले अय्‍यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्‍पत्ति पहिलेको भन्‍दा दुई गुणा बढ़ाइदिनुभयो।

अय्युब बिपत्ती र कस्टको समय भएर जाँदै गर्दा उनका मित्रहरुले अय्युबलाई दोसि साबित गर्न लागि परे। आफ्नै श्रीमतीले र सबै आफ्नाहरुले तिरस्कार गरिरहदा पनि अय्युबले परमेस्वर प्रतिको बिस्वासलाई डगमगिन दिएनन।कति पटक त यस्तो थियो, खपी नसक्नुको शारीरिक पीडा र सबैको दोसारोपनले झन्डै झन्डै अय्युबले परमेस्वरको बिरोधमा बोले। तर अध्याय ४२ ले भन्छ, - अय्युबले पश्चाताप गरे। प्रभुसग क्षेमा मागे। उनको पस्चाताप परमेस्वरले सुन्नुभयो।परमेस्वरको विरुद्धमा बोल्ने र परमेस्वरले अय्युबलाई न्याय गरेर बिपत्ती आई परेको हो भनेर दाबी गर्ने तिनका तीन मित्रहरुको निम्ति पनि अय्युबले मध्यस्थता गरिदिनु पर्ने भयो। अय्युबले खृस्टको प्रेमद्वारा मित्रहरुलाई पनि प्रेम गरेर आफू विरुद्धमा क्षेमा दिए र परमेस्वरको बिरुद्दमा बोलेकोमा अन्तरबिन्ती गरि दिए। अध्याय ४२ पद १० ले भन्दछ- यसरी अय्‍यूबले आफ्‍ना मित्रहरूका निम्‍ति प्रार्थना गरेपछि परमप्रभुले अय्‍यूबको सुदिन फर्काइदिनुभयो, र सबै धन-सम्‍पत्ति पहिलेको भन्‍दा दुई गुणा बढ़ाइदिनुभयो।
प्रीयहरु, कति कस्टका घडिहरु भने एउटा अलग उद्देश्यले हाम्रो जिबनमा आउने गर्छ। यदि तपाई बिस्वासमा स्थिर भैरहनु भयो भने , आउने वाला समय निश्चय नै अगाडिको भन्दा आशिषको हुनेछ। जब कस्ट वा बिपत्तिको समय आउँछ, मानिसहरुले दोस लाउन थाल्छन। परमेस्वरको योजनालाई थाहा नगरी थुप्रै कुराहरु भन्छन। तर तपाईं अय्युब झै स्थिर हुनुहोस। बचनमा उभिरहनुहोस। हाम्रो परमेस्वर बिस्वास योग्य र धर्मी हुनुहुन्छ । उहाले तपाईको प्रत्येक थोपा आँसु देख्नुहुन्छ। प्रभुसग आफ्ना भुल कमजोरी प्रती क्षेमा मागौ। तपाईको बिरुद्द र परमेस्वरको बिरुद्द बोल्नेहरुको निम्ति पनि मध्यस्थ गर्दै अन्तर्बिन्ति गरौ। निश्चय नै परमेस्वरले तपाईलाई आउने समयमा दुई गुणा आशिष् दिदै हुनुहुन्छ। आमेन।

4 मार्छ 2022
पास्टर नयन राई