Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

यशैया 43:18-21 (NNRV)
18. “बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर।19. हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु20. ... म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु,21. त्‍यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून्‌ भनेर मेरो निम्‍ति मैले बनाएँ।

परमप्रभु परमेस्वरको असिम धैर्यतामा उहाले बागी इस्राएली जातीहरुलाई उनिहरुले बिगतमा पाप गरेर, उहाको विरुद्धमा गएर गरेको सबै कुरालाई त्यागेर र भुलेर अब अगाडि आउन भन्नुभयो। हल्लेलुल्याह! परमप्रभुलाई स्तुति होस! हाम्रो परमेस्वर कती अशल र निगाहकारी हुनुहुन्छ! इस्राएलले जस्तो सुकै पाप गर्दै आएको भए तापनी अब त्यसलाई त्यागेर उहाको अगाडी आउने हो भने, उहाको बचनमा हिड्ने हो भने परमप्रभुले तिनिहरुको जिबनमा नया कुरा गर्नु हुने थियो। निरास मा आशा र उमङ्ग दिन, थकितहरुलाई बल दिन उहाँ दिनरात तयार रहनुहुन्छ। मरुभूमिमा पानी र रुखो जमिनमा खोलाहरु बगाउन परमेश्वर तयार हुनुहुन्छ। प्राचीन समयमा मिश्र देशबाट छुटाएर ल्याउनुहुदा ठुला आश्चर्यजनक कामहरु गर्नुभयो । ईस्राएलिहरुको जिबनमा उहाँ फेरि पनि र ती भन्दा पनि महान र नया कामहरु गर्न लाग्न भएको थियो। त्यसको निम्ति इस्राएलिहरुले गर्दै आएका मुर्ती पुजा र ब्यबस्था बिपरितका कामहरु छोडनु पर्ने थियो। परमप्रभु आज पनि उहीँ नै हुनुहुन्छ । आज पनि उहाले नया काम गर्दै हुनुहुन्छ। यदि तपाईं आज एकै स्थितिमा अड्किएको झै हुनुहुन्छ भने परमेस्वरले नया काम गर्दै हुनुहुन्छ। हुन सक्छ, बिगतमा तपाई बचनमा हिड्न सकेन, प्रभुलाई आदर गर्न सकेन भने पनि आज पबित्र आत्मा तपाईलाई यसो भन्दै हुनुहुन्छ- 'बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ।' उहाले तपाईमा जागृती र जोशको आत्मा दिदै हुनुहुन्छ । मरुभूमि र रुखो अबस्थालाई आनन्द, र भरिपुरिले तृप्त पार्दै हुनुहुन्छ। तपाई उहाको प्रशङ्सा गर्ने ब्यक्ती बन्दै हुनुहुन्छ । बिगतका सबै कुरालाई त्यागेर आज नै उहाको ताजा अभिषेक प्राप्त गर्नुहोस। पबित्र आत्माले तपाईमा नया अभिषेक छर्दै हुनुहुन्छ । आमेन।

24 मार्च 2022
पास्टर नयन राई