Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

यशैया 49:14-16 (NNRV)
14. तर सियोनले भन्‍यो, “परमप्रभुले मलाई त्‍याग्‍नुभएको छ। मेरा परमप्रभुले मलाई बिर्सनुभएको छ।”15. “के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्‍छे र? आफूले जन्‍माएको बालकलाई के त्‍यसले टिठ्याउँदिनँ र? त्‍यसले बिर्सन पनि सक्‍छे, तर म त तँलाई बिर्सन सक्‍दिनँ।16. हेर्‌, मैले तँलाई मेरो हत्‍केलामा खोपेको छु। तेरा पर्खालहरू निरन्‍तर मेरै सामुन्‍ने छन्‌।

ईस्राएल जातिहरु बेबिलोनमा निर्बासनमा लगिएको अबस्थामा अन्धकार र हतासमा थिए। आफ्ना पुर्खाहरुको निम्ति परमेस्वरले गर्नु भएको महान कामहरु फेरि होला जस्तो लाग्दैन थियो। निर्बासन र दासत्व निश्चित रुपमै कठिन थियो। मानिसहरु रुन्थे। सहायता कतैबाट आउला भन्ने आशा गर्नु ब्यर्थ झै थियो। सियोनले अर्थात इस्राएलिहरुले आफू सदाका लागि त्यागिएका र बिसिएका अनुभव गर्दै थिए। परमेस्वर सर्बज्ञानि हुनुहुन्छ। उहाँ मानिसहरुका सबै कुरा देख्नुहुन्छ। सुन्नुहुन्छ र महसुस गर्नुहुन्छ। इस्राएलिहरुको रुवाई उहाले सुनिरहनुभएको कुरा आफ्ना दास अगमबक्ता मार्फत प्रकट गर्नुहुन्छ। इस्राएलिहरुले बिर्सिएको र त्यागिएको अनुभव र आशङ्कालाई परमेस्वरले यसरी जवाफ दिनुहुन्छ- “के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्‍छे र? आफूले जन्‍माएको बालकलाई के त्‍यसले टिठ्याउँदिनँ र? त्‍यसले बिर्सन पनि सक्‍छे, तर म त तँलाई बिर्सन सक्‍दिनँ। हेर्‌, मैले तँलाई मेरो हत्‍केलामा खोपेको छु।" परमप्रभुले आफैलाई एक शिशुलाई जन्म दिने आमा सम्झनुहुन्छ। जन्माउने आमाले बालकलाई बिर्सन सक्दैन। कथंकदाचित बिर्सी हाल्यो भने पनि परमेस्वरले आफ्ना छोरा छोरिलाई बिर्सन सक्नुहुन्न। तपाईको नाउ उहाको हत्केलामा खोपिएको छ। तपाईको नाउ उहाको निम्ति अति पृय छ। येशू प्रभुले तपाईं र मेरो खातिर क्रुसमा टागिएर हत्केलामा किला ठोकी माग्दै तपाईको नाउ खोप्नु भएको छ। यसर्थ, तपाईं जस्तै अबस्थामा रहेको भए पनि वा तपाईं उहाबाट टाढा भए पनि उहाले तपाईलाई बिर्सन सक्नुहुन्न। तपाईलाई कहिल्यै छोड्नुहुन्न। तपाईं एक्लो छैन। येशू तपाईको साथमा सधै हुनुहुन्छ। येशू तपाईलाई अति प्रेम गर्नुहुन्छ। येशूको नजिक आउनुहोस। अगाडि बढन साहस गर्नुहोस। आमेन।

29 मार्च 2022
पास्टर नयन राई