(Daily devotion)
नहेम्याह 4:13-14 (NNRV)
13. त्यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्दा तल्ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्ना तरवार, भाला र धनुर्बाण लिएर बस्ने आदेश दिएँ।14. तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान् र भययोग्य परमप्रभुको सम्झना गर, र आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर।”
यरुसलेम शहरको पुनर्निर्माण शुरु गरिदै गर्दा नहेम्याह र उनको टिमलाई जताततै बाट चेतावनी र डर , त्रास देखाउन थालियो। शत्रुहरुले सहर र पर्खाललाई पूरा बन्न नदिन भित्र भित्रै आक्रमण गर्ने योजना बनाउन थाले। शत्रुहरु लुकेर भित्र पसि सबै कुरा भत्काईदिन सक्थे, झन अफवाह फैलाउने र आक्रमण गर्ने डर थियो। नहेम्याहले यश परिस्थितिमा दुईवटा महत्वपूर्ण कुरा गर्न आफ्ना मानिसहरुलाई अह्राए। पहिलो -लुकेर भित्र छिर्न सक्ने सबै ठाउमा पूरा परिवार तरवार, भाला, धनुर्बाण लिएर अड्डा जमाएर बस्नु । दोस्रो -परमप्रभुको सम्झना गर, र आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरहरूका निम्ति युद्ध गर।” यदि उनिहरु सुरक्षित हुनु हो भने नहेम्याहहरुले शहरको पर्खाल बनाएर सक्नु पर्नेथ्यो। आफ्नो सुरक्षाको निम्ति, आफ्ना छोराछोरा , पत्नी, दाजुभाईको नीति अब तिनिहरुसग लड्नु बाहेक अर्को बिकल्प थिएन। नहेम्याहले भने- उनिहरुसग नडराओ, परमप्रभुको सम्झना गर र युद्द लड..। के आज तपाईं पनि आफ्नो परिवारको निम्ति, आफ्ना पत्नी, पति, दाजुभाई र आफन्तको निम्ति आत्मिक युद्द लड्दै हुनुहुन्छ? दुस्टको सतावटको बिरुद्द, अन्धकारको शक्तिको विरुद्ध लडाई लड्न नथाक्नुहोस। तपाईसग लड्ने बाहेक अर्को बिकल्प छैन। तपाईले दुष्ट सग युद्द लडेन भने तपाईका मानिस, परिवार र दाजुभाईलाई दुस्टले सजिलोसग पन्जामा पर्न सक्छ। यसकारण युद्द लड्नुहोस। याद राख्नुहोस। तपाईको साथमा जो हुनुहुन्छ, उहाँ सन्सारमा हुने भन्दा शक्तिशाली हुनुहुन्छ । तपाईंको बिजय निश्चित छ। आमेन।
9 फेब्रुअरी 2022
पास्टर नयन राई