Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

लूका 4:14-15 (NNRV)
14. येशू पवित्र आत्‍माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो।15. उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे।

बाईबलले पबित्र आत्माको शक्तिको बारेमा धेरै ठाउमा लेखेको भएतापनी यस वचन खन्डमा भने थप अचम्मित पार्ने खालको छ। यशू प्रभु पानीको बप्तिस्मामा सहभागी हुनुभए पछि पबित्र आत्मा उहाँ माथी आउनुभयो। उहाँ पबित्र आत्माले भरिनुभयो (लुका 4:1)। सैतानले गरेका परिक्षाहरुमा उहा उपबास र पबित्र आत्माको शक्तिमा बिजयी बनेर गालिल शहरमा आउनुभयो। अब उहाले शिक्षा दिने काम, भुत निकाल्ने काम, जता ततै प्रचार गर्ने काम गर्नुभयो। उहाको काम र प्रचारबाट मानिसहरु अचम्मित बने। आशिसित बने र उहाको प्रशंसा गरे। यशूको यस प्रकारको अलग र शक्तिशाली सेवा भने जब उहाँ पबित्र आत्माले भरिनुभयो, सैतानको बिरोध गर्नुभयो तब शुरु भयो। आज तपाईं पनि पबित्र आत्माले भरिनुपर्छ र सैतानको बिरोध गर्नु पर्छ। पबित्र आत्माको शक्तिमा मात्र हामी सैतानको बिरोध गरेर बिजयी हुन सक्छौ। पापी ईच्छा र पापकार्यहरु त्यागेर पश्चाताप गर्दै पबित्र आत्मामा आफैलाई समर्पण गर्छौ भने हाम्रो जिबनमा पबित्र आत्मा भरिनु हुन्छ। यसरी नै पबित्र आत्माको शक्तिले बड्ता गरेर काम गर्न सक्छ। जब पबित्र आत्माको शक्तिमा सेवा हुन थाल्छ, काम गर्न थाल्छौ। त्यसबेला परमेस्वरले गर्नु भएको कामहरु गवाईको रुपमा वरिपरि फिजिन थाल्छ। सबैले यशूको प्रशंसा गर्न थाल्छन। आजै पबित्र आत्माको नया र ताजा भरिपुरी प्राप्त गर्नुहोस। आमेन।

22 मार्छ 2022
पास्टर नयन राई