(Daily devotion)
मत्ती 4:23-24 (NNRV)
23. अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो।24. उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।
यशु प्रभुको सार्बजनिक सेवाकाई शुरु हुँदै गर्दा उहाले परमेस्वरको राज्यको बारेमा सिकाउनु भयो। येशु प्रभु आफैले सुसमाचार प्रचार गर्नु भयो। उहाँ आफै सुसमाचार हुनुहुन्थ्यो तर प्रचार गरिनु पर्थ्यो जुन कुरा उहाँ स्वयमद्वारा मात्र शुरु हुन सक्थ्यो । उहाँ आफै सुसमाचार , मुक्ती, छुटकारा र चङ्गाई हुनु भएकोले उहाँ जहाँ जानुभयो, त्यहा मानिसहरुले सबै रोग र दुर्बल्ताबाट चङ्गाई प्राप्त गरे। लेखिएको छ- उहाले उहाले हरेक किसिमको रोग र शारीरिक दुरबल्ता साथै बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघातका रोगिहरु निको पार्नु भयो। यशुल! निको पार्न नसक्ने कुनै एउट रोग पनि थिएन। यशु प्रभुले शारिरिक रोग , प्राण र आत्मा गरेर पुर्णताको चङ्गाई दिनु भयो। यशु मानिसलाई पाप बाट छुटकारा दिई प्रशस्तताको जिबन दिन आउनुभयो। के तपाईं आज कुनै दुरबल्ता वा रोगको बन्धनमा हुनुहुन्छ ? यशुकहा आउनुहोस। उहाको वचन अध्ययन मनन र घोषणा गर्नुहोस। चाहे त्यो आत्मिक वा शारीरिक बन्धन, आज पनि यशुले तपाईंको हरेक किसिमको रोग र बन्धनबाट चङगाई दिन सक्नुहुन्छ। उहाँ हिजो, आज र सदासर्बदा एक समान परमेस्वर हुनुहुन्छ । आमेन।
1 फेब्रुअरी 2022
पास्टर नयन राई