Listen

Description

(Daily devotion)
आजको वचन मनन गरौ।

यशैया 4:2-5 (NNRV)
2. त्‍यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्‍ति जमिनको फल गर्व र गौरवको हुनेछ।3. सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात्‌ यरूशलेममा बस्‍नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्‌।4. परमप्रभुले सियोनका स्‍त्रीहरूको मैला धुनुहुनेछ, र उहाँले इन्‍साफको आत्‍मा र आगोको आत्‍माद्वारा यरूशलेमबाट रगतका दाग शुद्ध गर्नुहुनेछ।5. अनि परमप्रभुले सियोन पर्वतमाथि र त्‍यहाँ भेला हुनेहरूमाथि दिउँसो धूवाँको बादल र राती प्रज्‍वलित आगोको चमक सृष्‍टि गर्नुहुनेछ। सबैमाथि महिमा एउटा छत्र हुनेछ।

यशैया अगमबक्ताद्वारा गरिएको भबिस्यबाणीमा परमेस्वरको बिरुद्धमा पाप गरेर बागी बनेका ईस्राएलिहरुको बारे ठुलो सङ्कटको घडि आउन लागेको थियो। महासङ्कटको घडी भएर जानू परे तापनी त्यो दिन भनेर उल्लेख गरिएको एक समय आउनेछ। जुन दिन परमप्रभुको हागा फलदायक र महिमित हुनेछ। त्यो दिन परमप्रभुका मानिसहरुका मैला धोईनेछ। पबित्र आत्मा र परमेस्वरको आगोद्वारा पबित्र बनाईनेछन। परमप्रभुको हागा चाहिँ यशू हुनुहुन्छ । यशू एक फलदायी हागाको रुपमा सन्सारमा आउनु भएर महिमित भन्नू भयो। यशूलाई बिस्वास गरेकाहरुको पापको मैला यशूको रगतले धोईएका छन। आज पबित्र आत्मा र पबित्र आत्माको आगोले रगतको दाग जस्तै हाम्रो पापको दागलाई जलाई हामीलाई शुद्ध गर्दछ। आज परमेस्वरका छोराछोरिमा उहाको महिमा प्रकट गर्नुहुन्छ। तपाईको जिबनमा पनि पबित्र आत्माले यो काम गर्दै हुनुहुन्छ। आमेन।

7 मार्च 2022
पास्टर नयन राई