Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

२ शमूएल 24:21-24 (NNRV)
21. दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रूढ़ी बन्‍द होस्‌ भनी परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनलाई तिम्रो खला किन्‍न भनी म आएको हुँ।”22. अरौनाले दाऊदलाई भने, “बिन्‍ती छ, हजूर, त्‍यो लानुहोस्‌, र जस्‍तो योग्‍य सम्‍झनुहुन्‍छ, त्‍यस्‍तो बलिदान चढ़ाउनुहोस्‌। होमबलिको निम्‍ति मकहाँ गोरुहरू र दाउराको निम्‍ति तिनका जुवा र दाइँ गर्ने काठहरू छन्‌।”23. अरौनाले यो सबै राजालाई तिनका कामको निम्‍ति दिएर भने, “परमप्रभु हजूरका परमेश्‍वरले हजूरलाई ग्रहण गरून्‌।”24. तर राजाले अरौनालाई भने, “होइन, म ती तिमीबाट किन्‍नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्‍वरलाई म बलिदान चढ़ाउनेछैनँ।” यसकारण दाऊदले त्‍यो खला र गोरुहरू चाँदीका पचास सिक्‍कामा किने।

इस्राएलमा परेको रुढिको प्रकोपबाट मुक्ति पाउन दाउद ओराना नाम गरेका ब्यक्तिको खलामा बेदि बनाएर बलिदान चढाउन लागेका थिए। ओरानाले राजा दाउदलाई आफ्नो खला, आगो बाल्ने काठहरु र बलिका निम्ति गोरुहरु सित्तैमा दिने प्रस्ताब गरे। तर उनले त्यो कुरा स्वीकार गरेनन। त्यसको सटटा दाउदले भने- होइन, म ती तिमीबाट किन्‍नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्‍वरलाई म बलिदान चढ़ाउनेछैनँ।”
प्रियहरु, यहाँ मनन गर्नु पर्ने कुरा छ, किन दाउदले ओरानाले दिन खोजेका खेत र सामानहरु सित्तैमा लिन मानेनन? किन दाउदले पैसा नपरेको सामानहरुले बलिदान दिन मानेनन? यथार्थमा, जुन कुरामा हामिले पैसा वा मुल्य हाल्दैनौ , त्यसको हामि आफैलाई पनि महत्व हुन्न। हामी आफैलाई नै महत्त्वपूर्ण नलाग्ने कुराहरु(सित्तैका वा साना तिना लाग्ने) प्रभुमा चढाउनु भनेको उहालाई अपमान गर्नु हो। बाहिरी देखिने वा ओपचारिक्ता पूरा गरेर मात्र गरिने भक्ती र बलिदानको के नै अर्थ हुन्छ। यदि हामी पनि प्रभुलाई आदर गर्छौ , प्रेम गर्छौ भने उहालाई भेटी चढाउदा पनि हामिलाई सबै भन्दा राम्रो लाग्ने कुराहरु चढाउदछौ । हामिलाई मुल्यावान लाग्ने समयहरु दिन्छौं । अन्तिममा उब्रेको वा ट्कटक्याएर ल्याएको कुराहरु चढाउने भन्दा मुक्ती र जिबन दिनुहुने प्रभुलाई दाउदले झै हाम्रो आफ्नै र उत्तम कुराहरु उत्तम रितिले चढाउनु आबश्यक छ। किनकी हाम्रो प्रभु सर्बोत्तम बलिदान र भक्तिको योग्य हुनुहुन्छ। आमेन।

4 डिसेम्बर 2021
-पास्टर नयन राई