(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
यशैया 53:4-5 (NNRV)
4. निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं।5. तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले निको भयौं।
यहाँ उलेखित बाइबल खन्डमा
येशूले मानिसको निम्ति दुख भोग्नुभएको कुरामा मानिसहरुले परमेस्वरले दिन्ड दिनु भएको हो भन्दै रमाए। येशू पाप रहित हुनुहुन्थ्यो तर उहाँ हाम्रो पापको निम्ति पापी बनाईनु भयो। येशूले कोरराको चोट सहनु हुदा तपाईको शारीरिक, मानसिक र आत्मिक दुर्बल्ता र कमजोरिलाई आफैमा लिएर सहदै हुनुहुन्थ्यो । हाम्रो पापको कारण आईपर्ने दन्ड येशूले सहिदिनुभयो। हामी चाहिँ स्वतन्त्र पारियौ। आज हाम्रो त्यस्तो कुनै क्षेत्र छैन जहाँ येशूले सहि दिन बाकी छ। सबै क्षेत्रमा सबै भागमा येशूले चङ्गाई, स्वतन्त्रता गर्नुभएको छ। यसर्थ, दैनिक जोडले यसरी घोषणा गर्नुहोस- येशूले मेरो दुरबल्ता र कमजोरी लिइदिनु भएको छ। येशूले मेरो निम्ति दन्ड भोगी दिनु भएको छ। येशूले मेरो अधर्म लिइदिनुभएको छ। येशूले खाएको कोरराको चोटहरुले म शारीरिक , मानसिक र आत्मिक क्षेत्रमा निको भएको छु। येशूले मलाई सबै रोग, बन्धनबाट छुटकारा दिनुभएको छ। हल्लेलुयाह! येशूलाई महिमा। तपाईको दुर्बल्ताको औसधि येशू हुनुहुन्छ। तपाईको रोगको औसधि येशू हुनुहुन्छ। जसरी रोगिले दैनिक औसधि गर्दछ। त्यसैगरी दैनिक यस बचनलाई घोषणा गर्नुहोस। आमेन।
1 अप्रिल 2022
पास्टर नयन राई