(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
यशैया 55:1-2 (NNRV)
1. “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।2. जे रोटी नै होइन, त्यसको निम्ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्तोष नै दिँदैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान देओ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ।
हरेक मानिस भित्र एक प्रकारको तिर्खा छ। त्यो तिर्खालाई ठिक गर्न मानिसले अनेक धन्दा, गलत किसिमका कामहरु गरेर प्रयास गर्दछ। तर उ तृप्त बन्न सक्दैन। त्यो तिर्खा केवल परमेस्वरको उपस्थिति र उहाको नजिक आउदा मात्र मेटिन्छ। हो, यहि कुरा थाहा नपाएर मानिस आज अशान्तिमा छ। बैचेनिमा छ। परमेस्वरले उहाकहा आएर आत भरुन्जेल तिर्खा मेटाउने पानी पिउन निमन्त्रणा दिनुहुन्छ । पबित्र आत्माबाट हाम्रो आत्माले पिउन थाल्छ अनि हाम्रो आत्माको तिर्खा शान्त हुन्छ। हाम्रो आत्मिक जिबनलाई भरिपुर्ण पार्न स्वादिस्ट भोजन समान पबित्र आत्मा हुनुहुन्छ। हामी आत्मामा सन्तुष्ट छौ भने शारीरिक रुपमा आनन्द र शान्तिमा जिउन सकिनेछ। आत्माको तिर्खा मेटाउन जताततै नदौडिनुहोस। प्रभुको वचन अध्ययन, सेवा सङ्गतिमा , प्रार्थना र आराधनामा समय बिताउनुहोस। जसको निम्ति कुनै दाम तिर्नु पर्दैन। पबित्र आत्माबाट पाउने अनमोल आनन्द र सन्तुष्टि पनि सित्तैमा उपलब्ध छ। परमेस्वरलाई महिमा होस। आमेन।
2 अप्रिल 2022
पास्टर नयन राई