Listen

Description

(Daily devotion)

मत्ती 5:14-16 (NNRV)
14. “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन।15. मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्‌, तर सामदानमा राख्‍दछन्‌, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ।16. यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

यशुले भन्नुभयो-'तिमिहरु संसारका ज्योती हौ।' ज्योती वास्तबमा यशु स्वयम् नै हुनुहुन्छ। आज त्यो ज्योती पबित्र आत्मा भएर हामिमा बास गर्नुहुन्छ । हामिमा त्यो ज्योती आएको छ। परमेस्वरको वचन मार्फत काम गर्नुहुन्छ। प्रभु यशु जो ज्योतिको रुपमा हुनुहुन्छ, उहालाई कसैले छोपेर छोपिदैन। तर उहाको उज्यालोले मानिसहरुलाई खिचेर ल्याउछ । जसद्दारा घरै उज्यालो हुन्छ। गाउ शहर उज्यालो हुन्छ। आनन्द र शान्तिले भरिन्छ। के आज तपाई मार्फत त्यो ज्योती चम्कदैछ? यशुलाई ज्योती चम्काउन दिनुहोस। तपाइको जिबनमा पबित्र आत्माको ज्योतिको राको बलिरहोस। (1) परमेस्वरको ज्योती जो हामिमा हुनुहुन्छ, आत्माको फल जस्तै: प्रेम, आनन्द , शान्ती, दया भलाई......द्दारा मानिसहरुका सामुन्ने चम्कन्छ । मानिसहरुले तपाईको प्रेमद्वारा परमेस्वरको प्रेमलाई अनुभव गर्दछन।(2) परमेस्वरको वचन प्रचार र सुसमाचारद्वारा ज्योती चम्कन्छ। सुसमाचारले मानिसहरुको हृदयमा काम गर्छ, छुटकारा ल्याउछ। मेरो प्रार्थना छ, तपाईको जिबनद्वारा धेरैको जिबनमा आत्माको ज्योती चम्कोस। आमेन।

2 फेब्रुअरी 2022
पास्टर नयन राई