Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

लूका 5:18-24 (NNRV)
18. मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्‍याए, र तिनीहरूले त्‍यसलाई भित्र ल्‍याउन र उहाँको अगाडि राखिदिन खोजे।19. तर भीड़ले गर्दा त्‍यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्‍यसलाई खाटैसमेत येशूको सामुन्‍ने ओरालिदिए।20. अनि उहाँले तिनीहरूको विश्‍वास देखेर भन्‍नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।”21. तब शास्‍त्रीहरू र फरिसीहरूले प्रश्‍न गर्न लागे, “ईश्‍वर-निन्‍दा गर्ने यो को हो? पाप त परमेश्‍वरले मात्र क्षमा गर्न सक्‍नुहुन्‍छ।”22. तर येशूले तिनीहरूको प्रश्‍न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्‍ना हृदयमा किन प्रश्‍न गर्दछौ?23. ‘तिम्रा पाप क्षमा भयो’ भन्‍नु कि ‘उठेर हिँड़’ भन्‍नु, कुनचाहिँ सजिलो छ?24. तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने तिमीहरू जान।” त्‍यसपछि उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, उठ र आफ्‍नो खाट उठाएर घर जाऊ।”

यशूले सार्बजनिक रुपमै भन्नुभयो- ए मानिस तिम्रो पाप क्षेमा भयो। येशूले चङ्गाईको सेवाकार्य गर्दै हुनुहुदा मानिसहरुले विविध प्रकारका बिरामिहरु ल्याए। येशूलाई पछ्याउने बाहेक अरु पनि धेरै शास्त्री, फरिसिहरुले पनि उहाको काम बिचार गर्दै थिए। पक्षघाती (Paralysed) बिरामिलाई निको पार्नु अघि पाप क्षेमा गर्नुभयो। येशूले बुझाउन खोज्नु भएको कुरा चाहिँ, त्यो मानिसमा भएको पक्षघातको रोग चाहिँ उनी वा उनका बाउ बाजे बाट आएको पापको कारण भएको थियो। बाहिरी शरिरमा देखिने प्राय धेरै प्रकारका रोग, बिरामिहरु पापकै परिणाम हुन। पापले नै मानिसलाई मृत्युमा पुर्यायो। तर येशूले भन्नुभयो- उहासग पाप क्षेमा गर्ने अधिकार छ। पापमा क्षेमा पाउँदा हाम्रो आत्माले मात्र होइन बाहिरी शरिरले पनि चङ्गाई पाउछ। चङ्गाई पाउनु पाप क्षेमा भएको प्रमाण हो। येशूलाई महिमा! उहाले मान्छेको पापलाई क्षेमा गर्नुहुन्छ। उहाँ भला हुनुहुन्छ। के आज तपाईं पनि रोगी, बिरामी वा निराश हुनुहुन्छ? प्रभुको वचन बिरुद्ध काम गरेकोले ग्लानी वा हिनताबोध गर्दै जिउदै हुनुहुन्छ? येशूकहाँ आउनुहोस। येशूले हाम्रा पाप क्षेमा गर्नुहुन्छ। कति बिरामिहरु तपाईं आफैले नभै परिवारमा बाउ बाजेले गरेको गल्ती, पापले गर्दा पनि भएको हुनु सक्छ। येशूले सबै कुरालाई क्षेमा गर्नुहुन्छ र नया जीवन जिउन शक्ति दिनुहुन्छ। तपाईलाई निको पार्नुहुन्छ। आमेन।

25 मार्च 2022
पास्टर नयन राई