Listen

Description

(Daily devotion)

नहेम्याह 6:10-12 (NNRV)
10. एक दिन म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ। तिनी आफ्‍नो घरभित्रै बन्‍द गरिएका थिए। तिनले भने, “हामी परमेश्‍वरको भवनभित्र, उहाँको मन्‍दिरभित्र ढोकाहरू थुनेर भेट गरौं। किनभने उनीहरू तपाईंलाई मार्न आउँदैछन्‌– उनीहरू तपाईंलाई मार्न राती आउनेछन्‌।” 11. तर मैले भनें, “के मजस्‍तो मानिस भाग्‍नु र? के मजस्‍तो मानिस बाँच्‍नलाई मन्‍दिरमा जानु र? म जान्‍नँ।”12. मलाई यस्‍तो प्रकाश भयो, कि परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन रहेछ, तर मेरो हानि गर्न तिनले अगमवाणी कहेका रहेछन्‌। सन्‍बलत र तोबियाले तिनलाई यो कुरा भन्‍न भाड़ामा लिएका थिए।

नहेम्याहले यरुसलेम शहरको पुनर्निर्माण गर्दै गर्दा धेरै चुनौतिहरुको सामना गरे। बिरोधिहरुले उनको हानी गर्न अनेक बहाना गरे। तेस्रो पटक एक मानिसलाई भाडामा लिएर परमेस्वरको योजना र कामलाई बाधा पुर्याउन झुठो अगमबक्ता खडा गरि बाच्नको निम्ति मन्दिर भित्र लुक्ने सल्लाह दिइयो। तर नहेम्याहले त्यो झुठो अगम्बक्ताको झुठलाई प्रकाश द्वारा थाहा पाए। मन्दिर भित्र पुजारिहरुलाई मात्र अनुमती थियो। नहेम्याह पुजारी थिएनन। यसर्थ, परमेस्वर उहाको बचनसग नमिल्ने कहिल्यै काम गर्नुहुन्न। दोस्रो, पर्खाल बनाउन सक्नै लाग्दा परमेस्वरले अलपत्र छोडेर भाग भन्नू हुन्थेन। यी दुबै कुरालाई नियाल्दा त्यो झुठो ब्यक्तिले ब्यक्तिले भनेको कुरा सत्य छैन भन्ने पत्ता लगाए। के आज तपाईको जिबनमा पनि कुनै झुठो कुराहरु बोलिदै त छैन? कसैले भन्ला- तिमी त यस्तो उस्तो, गर्दै गरेको काममा हतोत्साहित गर्न दुस्टले विभिन्न कुराहरु अरुद्वारा बोल्न सक्छ। तर कसैले बोल्छ भने तिनको कुरा वचन अनुसार मिल्छ कि मिल्दैन भनेर जाच्न पर्दछ। यदि कुनै काम तपाईको जिबनद्वारा शुरु गर्नुहुन्छ भने बिचमा छोड्नु पर्ने उहाको इच्छा होइन। जुन काम शुरु गर्नुभयो, परमेस्वरले पूरा गर्नु नै हुन्छ । परमेस्वरले तपाईको बिरोधिहरुको जाल र योजना बुझ्न नहेम्याहलाई झै प्रकाश दिउन । आमेन।

7 फेब्रुअरी 2022
पास्टर नयन राई