(Daily devotion)
एस्तर 6:1-3 (NNRV)
1. त्यस रात राजालाई निद्रै लागेन। उनले आफ्नो राज्यकालका विवरण भएको इतिहासको पुस्तक ल्याएर पढ़िसुनाउने हुकुम गरे, र त्यो राजालाई पढ़ेर सुनाइयो।2. त्यसमा दुई जना ढोके, बिग्थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरेका र मोर्दकैले त्यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।3. तब राजाले भने, “यसको निम्ति मोर्दकैले कुन सम्मान अथवा पद पाए त?” त्यहाँ उपस्थित भएका राजाका सेवकहरूले भने, “मोर्दकैको निम्ति त केही गरिएको छैन।”
परमेअवरको जन मोर्दकैले राजालाई मार्ने षड्यन्त्र गरेको थाहा गरेर बताई दिए पछि राजाबाट ईनाम पाउनु पर्ने थियो। तर उनलाई कुनै कदर गरिएन। सट्टामा परमेस्वरको मानिसहरुलाई नाश गर्नको निम्ति योजना गर्ने हामानलाई पो झन उच्च पद दिएर पुरस्कर दिइयो। तापनी मोर्दकैले आफ्नो जिम्मेवारी, परमेस्वरको आदर र सम्मान तथा राजाको हितमा काम निरन्तर गरि नै रहे। बर्सहरु बितेर गए। राजाहरु फेरिए। मोर्दकैको कामको कदर भएन। हामानले शक्ति र रबाफमा धाक लगाउदै रहे। अब हामनले उनको अगाडि नझुक्ने मोर्दकैलाई फाँसी गराउन पासो तयार गरे। हो यहि समय, स्वर्गबाट सबैथोक देखि राख्नु हुने परमेस्वरले मोर्दकैको निम्ति इनाम दिन राजालाई ईतिहासको पुस्तक तर्फ डोर्याउनु भयो। मोर्दकैले राजालाई बचाएको कुरा लेखिएको थाहा पाए पछि राजाले भने- यसको निम्ति मोर्दकैले कुन सम्मान वा पद पाए त? .... के तपाईलाई लाग्छ, तपाईले गरेका कामहरु कसैले देख्दैन, तपाईलाई पुरस्कार दिनु पर्ने हो तर अरुले नै पाई राखेका छन! के तपाईं सोच्दै हुनुहुन्छ, तपाइको उचित कदर हुन सकेको छैन? मोर्दकैलाई हेर्नुहोस। मोर्दकैले काम गरेकोमा ईनाम नपाए पनि राजा प्रतीको सेवा निरन्तर गरिरहे। आफ्नो जाती र परमेस्वरको पक्षमा उभि रहे। मोर्दकैलाई झै तपाईं माथि परमेस्वरले नजर राख्नु भएको छ। उहाले ठिक समयमा तपाईलाई ईनाम दिनु हुनेछ। परमेस्वर प्रतिको बिस्वास, भक्तिमा लागि रहनुहोस। बचनमा कम्प्रमाइज नगरि खडा हुनुहोस। आफ्नो जिम्मेवारीहरु निभाईरहनुहोस। परमेस्वरले मोर्दकैलाई झै तपाईलाई पनि उचित समयमा ईनाम दिनुहुनेछ। आमेन।
14 फेब्रुअरी 2022
पास्टर नयन राई