Listen

Description

(Daily devotion)

मर्कुस 6:32-34 (NNRV)
32. अनि उहाँहरू डुङ्गामा सुटुक्‍क एउटा एकान्‍त ठाउँमा जानुभयो।33. धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्‍यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे।34. जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्‍ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्‍नुभयो।

यशु प्रभु शरिरमा हुनुहुदा उहाले मानिसलाई प्रेम गर्नुभयो। उहाको प्रेम पाएर मानिसहरु यशुलाई पछि लागे। एक घट्ना माथी उल्लेख भए अनुसार मानिसहरु ठुलो भिड भएर उहाको पछी लागे, उहाको कुरा सुन्न थाले। यशु प्रभुले मानिसको भिडलाई गोठालो बिनाका भेडाहरु जस्ता देख्नु भयो। तिनिहरुलाई कोहि बाटो देखाउने मान्छे थिएन। कसैले सहि कुरामा डोर्‍याउने गरेको थिएन। मानिसहरुको त्यो स्थिति देख्दा यशु दयाले भरिनुभयो । तिनीहरु लाई निको पारिदिनुभयो अनि मानिसहरुलाई धेरै कुरा सिकाउनुभयो। यशु आज पनि दयाले भरिनु भएकै छ। आज पनि उहाँ आफ्ना मानिसहरुलाई निको पार्दै हुनुहुन्छ र सिकाउदै हुनुहुन्छ। आज पनि मानिसहरु गोठालो बिनाका भेडा जस्तै छन। मानिसहरु जे मन लाग्यो, त्यही गरिरहेका छन। मानिसलाई सहि मार्ग, मुक्ती,प्रेम र अनन्त जिबनको बारेमा सिकानु परेको छ। यदि तपाईं पनि जिबनमा एक्लो, सहाराहिन र उद्देश्यहिन महशुस गर्दै हुनुहुन्छ भने यशुकहा आउनुहोस। यशु नै हाम्रो अशल मित्र, अशल गोठालो र गुरु हुनुहुन्छ । उहाले बाटो देखाउनुहुनेछ। सिकाउनुहुनेछ। यशुले तपाईलाई अति धेरै माया गर्नुहुन्छ। यसैकारण, उहाँ कृसमा तपाईको निम्ति बलि हुनुभयो। आमेन।

3 मार्च 2022
पास्टर नयन राई