Listen

Description

Daily devotion)
आजको वचन मनन गर्नुहोस।

यशैया 6:5-7 (NNRV)
5. मैले भनें, “धिक्‍कार! म नष्‍ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्‍तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान्‌ परमप्रभु महाराजाधिराजलाई देखेको छु।”6. तब चिम्‍टाले वेदीबाट आगोको भुङ्‌ग्रो हातमा लिएर सराफहरूमध्‍ये एक जना मकहाँ उड़ेर आए।7. तिनले मेरो मुख त्‍यस भुङ्‌ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्‍चित भयो।”

यशैया अगमबक्ताले परमेश्वर सिहाशनमा शरराफहरुको बिचमा बिराजमान हुनुभएको देखे, तब ऊनी डराए, आत्तिए। उनले परमेश्वर पबित्र पबित्र हुनुभएको र आफैलाई एक अशुद्ध मानिस भएको साथै दन्डको योग्य भएको देखे। उनले आफुलाई आफ्नै मानिसहरु सरह ठाने जुन मानिसहरुले पाप गर्दै रहेका थिए। यसै बिच एक सरराफले बेदिबाट आगोको भुङ्ग्रो टिपेर ल्याई यशैयाको मुखमा छुवाएर भने- "तिम्रो अधर्म मेटियो, तिम्रो पापको प्रायश्चित भयो।" आगो परमेस्वरको उपस्थिति र उहाको रुप हो। हाम्रो परमेश्वर आगो हुनुहुन्छ। परमेश्वरको आगो अर्थात पबित्र आत्माको आगोले दुश्टको बन्धनहरु जलाउछ। पापको शक्तिलाई भस्म पार्दछ।
हाम्रो परमेश्वर हिजो आज र सदा सर्बदा एकै हुनुहुन्छ। जब तपाईं परमेश्वरको उपस्थितिमा जानुहुन्छ, तब उहाको उपस्थितिले तपाईलाई अशुद्धता र रोगहरुबाट छुटकारा दिन्छ। उहाको पबित्रताले तपाईमा पबित्रता ल्याउछ। परमेश्वरको सामुने हामी आफ्नो साचो रुप देख्छौ। परमेश्वर पबित्र तर दयालु हुनुहुन्छ भनी थाहा पाउछौ। पबित्र आत्मा परमेश्वरले तपाईमा पनि त्यही आगो खन्याउदै हुनुहुन्छ, जुन आगोले तपाईं शुद्ध पार्दैछ। अधर्म र पापको शक्तिलाई चुडाल्दैछ। आजै उहाको आगोको अभिषेक ग्रहण गर्नुहोस। आमेन।

8 फेब्रुअरी 2022
पास्टर नयन राई