(Daily devotion)
मत्ती 7:24-25 (NNRV)
24. “यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एउटा बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो।25. अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो।
यशुले एक बुद्धिमान अर्थात साचो खृस्टियानको बारेमा दृष्टान्त मा सिकाउनु भयो। सबै मानिसहरु म नै साचो छु, मैले गरेको नै साचो हो भन्दैछन। बुद्धिमानले गहिरो खनेर चट्टान माथी घर बनायो। अर्को मूर्ख ब्यक्तिले गहिरो नखनी कन नै बालुवामाथि घर बनायो। हेर्नमा दुबै घर भब्य थिए। दुबै जनाले आफ्नो घर दर्हो छ भनी भन्थे। तर हावाहुरी आएको क्षेण थाहा भैहाल्यो। बिस्वासमा जिउन पनि जग चाहिन्छ। जग बनाउन गहिरो खन्न आबश्यक छ। यसो गर्दा परिस्रम गर्न पनि आबशेक छ। यशु नै साचो जग हुनुहुन्छ । आज हामी प्रत्यकले कस्तो किसिमको घर बनाउदैछौ जाच्न आबशेक छ। हाम्रो मुख्य ध्यान र इच्छा धनसम्पत्ति , सुख सुबिधा, फाईदा र मनोरञ्जन हुदैछ भने हाम्रो आत्मिक घर बालुवा माथीको घर जस्तै बन्न सक्छ। तर हाम्रो इच्छा यशु खृस्टलाई अझ नजिक बाट चिन्ने र उहाँ जस्तै हुने रहेको छ भने हाम्रो आत्मिक जिबनको घर चट्टान माथी नै बनाउदैछौ। बलियो जग सहितको घर बनाउन मेहनेत गर्नु परे जस्तै बलियो आत्मिक जिबनको निम्ति पनि यशुको बचनहरु पालन गर्न आबशेक छ। यशुले भन्नुभयो, जसले मेरा वचन सुन्छ र पालन गर्छ, त्यो बुद्धिमान मानिस हो। आमेन।
5 फेब्रुअरी 2022
पास्टर नयन राई