Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

लूका 8:23-25 (NNRV)
23. डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्‍न लाग्‍यो। डुङ्गा पानीले भरिन लाग्‍यो, र तिनीहरू आपत्‌मा परे24. अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्‍दै ब्‍यूँझाए, “गुरुज्‍यू, गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं।” उहाँले उठेर बतास र प्रचण्‍ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्‍त भयो25. उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्‍चर्यचकित भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्‍छन्‌, अनि तिनीहरू यिनको आज्ञा मान्‍छन्‌।”

यशू प्रभु डुङ्गामा चढेर ताल तर्दै गर्दा छाल आयो। यशू चाहिँ मस्त निदाईरहनुभयो। चेलाहरुले सोचे कि उहाँ निदाएको हुनाले आईसकेको खतरा बारे कुनै जानकारी छैन। तर यशू शरिरमा निदाए पनि आत्मामा बिदाउनुभएको थिएन। उहा सबै परिस्थितिमा कहिल्यै बेखबर रहनुहुन्न। उहाँ सर्बज्ञानि र सर्बशक्तिमान हुनुहुन्छ । तर उहालाई सबैकुरा थाहा थियो भने किन निदाईरहनुभयो? किनभने उहाले चेलाहरुले उहालाई कति गरेर भरोसा र बिस्वास गर्दा रहेछन भनेर जाच्दै हुनुहुन्थ्यो। प्रभु नै डुङ्गामा हुनुभएकोले जतिसुकै खतरा भए पनि उनिहरुलाई ठुलो असर पुर्याउनु अघि नै उहाले बचाई हाल्नुहुनेथ्यो। तर उहाप्रती ब्यबहारिक रुपमा नै बिस्वास गरून् भनेर उहाँ चुपचाप निदाइरहनुभयो। आज यशू तपाईको साथमा हुनुहुन्छ। यदि तपाई पनि जिबनमा त्यहि तालको छाल झै चुनौती र समस्या झेल्दै हुनुहुन्छ भने, साहस गर्नुहोस। तपाईसग हुनुभएको यशू निदाईरहनुभएको छैन। तर तपाईले उहालाई कति बिस्वास गर्दोरहेछ भनेर जाच्दै हुनुहुन्छ। उहाको एक बचनले चुनौती र समस्याहरु हटन सक्छन। समुन्द्र र बतासले पनि उहाको आज्ञा मान्छन। तर उहाँ तपाईसग हुनुभएकोले आटिलो भएर र उहामा बिश्वास गरेर चुनौती र समस्याको विरुद्ध हट्ने आदेश दिदै उहामा खडा भएको हेर्न चाहनुहुन्छ। तगारोको विरुद्धमा यशूको नाउमा खडा हुनुहोस। अन्धकारको शक्तिको विरुद्धमा पबित्र आत्माले तपाईलाई शक्ति दिदै हुनुहुन्छ। यशूको वचन तरवारको रुपमा प्रयोग गर्नुहोस। यशूको नाममा बिजय छ! यशूको नाउमा चङ्गाई छ! छुटकारा छ। आमेन! हल्लेलुयाह!!

28 मार्च 2022
पास्टर नयन राई