(Daily devotion)
मत्ती 9:36-38 (NNRV)
36.... भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्तै हैरान र असहाय भएका थिए।
37. तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। 38. यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।
यशु प्रभुले पृथ्वीमा उहाको सेवा शुरु गरि परमेस्वरको राज्यको बारेमा बताउन लाग्दा उहाको पछि मानिसहरुको भिड जम्मा हुन थाल्यो। मानिसहरु रोग, भोक, दुष्ट आत्माका डरलाग्दो पासोमा परेका थिए। यशुले निको पार्दै , स्वतन्त्र गर्दै स्वर्ग राज्यको बारेमा बताउनु भयो। ती भिडहरु गोठाला बिनाका भेडाहरु जस्ता थिए। उनिहहरुलाई रेख देख गर्ने, माया गर्ने, जीवन र अनन्तको सुरक्षा दिन सक्ने कोहि नभएका देखिन्थे। यशु नै समस्त मानिसको गोठाला हुनुहुन्छ । सन्सारका मानिसहरु उहाका भेडाहरु हौ। यशुले चेलाहरुलाई भन्नुभयो- फसल प्रशस्त छ तर खेतालाहरु थोरै। यो फसल सबै मानिसहरू हुन। जसरि बाली पाके पछि समयमा काटेर घर लानु पर्छ , त्यसै गरि सन्सारका मानिसहरुका आत्मालाई पनि समय हुँदै यशुको सन्देश प्रचार गर्नु पर्छ। जति ढिलो भयो, त्यती बालिलाई हुरि बतास पानीले नस्ट गर्ने अबस्था आए झै मानिस र तिनको आत्माहरुलाई पनि दियाबलसले आफ्नो पन्जामा पार्ने मौका पाईरहेको छ। खेताला चाहिँ तपाईं र म हौ। के आज तपाईंले यशुको सुसमाचार र प्रेमको प्रचार गरिरहेको छ? आत्माको बाली कटनी गर्ने मौका नगमाउनुहोस। तपाईं र म आफैले नै यो काम आजै देखि शुरु गरौ। अनि यशुले अरु धेरै उहाका काम गर्नेहरु ल्याउनु हुनेछ। कम्तिमा दिनमा वा हप्तामा 1-2 जनालाई यशुको बारेमा बताउन सकौ भनी योजना बनाउनुहोस। प्रभुले तपाईं मार्फत धेरै जनालाई स्वर्गको राज्यमा कटनि गर्न लाग्नु भएको छ। हल्लेलुयाह! आमेन।
8 फेब्रुअरी 2022
पास्टर नयन राई