(Daily devotion: Christmas special )
आजको वचन मनन गर्नुहोस।
मर्कुस 1:7-8 (NNRV)7. तिनले(बप्तिस्मा दिने युहन्न्ना) यसो भन्दै प्रचार गरे, “जो मपछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ।8. मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
मुक्तिदात प्रभु येशुको बिसयमा बप्तिस्मा दिने युहन्नाले प्रचार गरे। उनि परमेस्वरको आत्मद्दारा चलाईएका महान ब्यक्ती थिए। तर ती महान ब्यक्ति पनि येशुको बिसयमा यसो भनेर प्रचार गर्छन- "जो म पछि आउनुहुन्छ, उहाको जुत्ताको फित्ता बाध्न पनि म योग्य छैन।" हो वास्तबमै ती युहन्नाले भनेका सहि हुन। हामी कोहि पनि येशुको अगाडि उभिन पनि योग्यका थिएनौं । तर येशु स्वयमले नै क्रुसमा आफै टागिएर हामिलाई शुद्ध पार्नु भयो। पापबाट मुक्ति दिनुभयो। रोगहरुबाट छुटकारा दिनुभयो। हाम्रो सबै अधर्म लिइदिनु भयो। येशु जुन कार्यको निम्ति सन्सारमा आउनु भयो त्यो कार्य अरु कसैले गर्न सक्दैनन् । केवल परमेस्वरको पुत्र येशुले मात्र गर्नुहुन्छ। पानीको बप्तिस्मा एउटा देखिने कार्य थियो । तर अब यशुले उहाप्रती बिस्वास गर्नेहरुलाई भित्र आत्मामा पबित्र आत्माको उपस्थिति र आगोद्दारा सफाई, शुद्धीकरण र नवीकरण गर्नुहुन्छ। यसरी येशुको अगाडि उभिन र स्वर्गको निमति तयार पार्नुहुन्छ। बप्तिस्मा युहन्न्नाले अनुभुती गरे जस्तै हामी कोहि पनि परमेस्वरको अगाडि उभिन योग्य छैनौं । तापनि आज येशुको आगमन, क्रुशको मृत्यु, र मृत्युुबाट भएको पुनरुत्थानले नै हामी योग्य ठहरिएका छौ । त्यसकारण , येशुको प्रचार, पाप क्षेमा र उहाको प्रेमको प्रचार गर्न कहिल्यै नछोडौ। आमेन।
9 डिसेम्बर 2021
-पास्टर नयन राई