Listen

Description

(Daily devotion: Christmas special)
आजको वचन मनन गर्नुहोस।

मत्ती 2:1-3,7-12 (NNRV)
1. हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,2. “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”3. जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो7. तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।8. तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।”9. तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो10. जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।11. अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।12. अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।

रोमको अधिनस्थ हेरोद राजालाई रोमि साम्राज्यले यहुदिहरुको देश माथी राज्य गर्न राजा तोकेका थिए। हेरोदले पनि केवल आफै मात्र यहुदिहरु माथी राजा हु भनी मान्थ्यो। जब ज्योतिषीहरुबाट यहुदिहरुको राजा हुनुहुने यशुको जन्म बारे सुने । हेरोद बैचेन भए। तिनले अब हेरोदले भित्र मनमा दुष्ट कुरा रच्दै बाहिर भने - तिमिहरुले भेट्यो भने मलाई भन्नू, म पनि प्रणाम गरुँ । ईस्वरको डर मान्ने ज्योतिषीहरुले जब येशुलाई अति नम्र अबस्थामा भेट्टाए, तब आफुसग ल्याएको सुन, मुरर र धुपको भेटी चढाए। सुन चढाउनुले उहाँ सन्सारको राजा हुनुभुएको, मुरर चढाउनुले उहा मानिस जातिको पापबाट छुट्कारा र चङ्गाई गर्नुहुने र धुपले उहाँ इस्वरको रुप हुनुभएको जनायो। अर्थात येशु नै हाम्रो राजा , हामिलाई चङ्गाई दिनुहुने र उहाँ परमेस्वरको रुप हुनुहुन्छ। सुन, धुप र मुररले हाम्रो प्राण , आत्मा र शरीर प्रभुमा चढाउनु पर्ने कुरा पनि बताउदछ। जो गर्दा प्रभु हाम्रो जिबनबाट महिमित बन्नुहुन्छ। हेरोद राजाको बालक येशुको हत्या गर्ने योजना फेरि एकपटक असफल भयो। ज्योतिषीहरुले सपनामा हेरोदकहा नफर्कनु भन्ने सन्देस पाएर अर्कै बाटो लागे। हाम्रो प्रभुलाई रोमि शासकले रोक्न सकेन, सैतानले रोकन सकेन, सन्सारको कुनै पनि कुराले छेक्न सकेन। येशु आत्मिक राज्यको राजा हुनुहुन्छ ।हल्लेलुया! आज हामी पनि येशुकहा जाओ, र प्राण, आत्मा र शरिरका भेटिहरु चढाअौ । उहाँ मुक्तिदाता, सन्सारका राजा हुनुहुन्छ। आमेन।

8 डिसेम्बर 2021
-पास्टर नयन राई