(Daily devotion: Christmas special )
आजको बचन मनन गर्नुहोस।
मत्ती 4:1-4 (NNRV)
1. तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो।2. उहाँ चालीस दिन र चालीस रातसम्म उपवास बसिसकेपछि भोकाउनुभयो।3. तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”4. तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।”
येशुले आफ्नो सेवाकार्य शुरु गर्न अघि शैतानद्दारा परिक्षित हुनलाई उजाडस्थानमा लगिनु भयो। चालीस दिनको उपबास पछी येशु पुर्ण रुपले मानिस भएर शारीरिक भोक र कमजोरिको अनुभव गर्न त्यो अबस्थामा पुर्याईनुभयो। शैतानले त्यो कमजोरीको फाईदा उठाउदै शारीरिक रुपमा परिक्षा गर्न खोज्यो। यशुको शक्ति र महिमालाई थाहा गर्ने दुष्टले यशुले आफ्नो शारीरिक सुख बिलासको निम्ति आफ्नो शक्तिको दुरुपयोग गरून् भनेर ढुङ्गालाई रोटि बनाएर भोक मेटाउन लोभ देखाउदै थियो। तर यशु आफनो लागि सुख र आनन्दको भन्दा अरु मानिसको निम्ति दुख र कस्ट उठाउन आउनु भएको थियो। सैतानको परिक्षामा येशुले परमेस्वरको वचन भनेर बिजय हासिल गर्नु भयो। मानिसले सन्सारको रोटि, भोज भत्तेर गरेर मात्र आत्मिक रुपले बाच्न सक्दैन। शारीरिक खाना भन्दा धेरै आबशेक चाहिँ आत्मिक खाना हो। हाम्रो आत्मालाई हामिले परमेस्वरको वचन खुवाउनु पर्छ। वचन अध्ययन, मनन, प्रार्थना, सङ्ग्गती द्वारा हाम्रो आत्मालाई बलियो बनाउन पर्छ। परिक्षित हुदा येशु भोकाउनु भएको थियो। तर येशुले परमेस्वरको वचन बोल्दै शारिरिक भोक भन्दा पनि बढी आत्मिक भोक मा ध्यान दिनु पर्ने कुरा प्रकट गर्नुभयो। खृस्टमसको यश समयमा हामिलाई शारीरिक मनोरन्जन, र रमाईलोमा भन्दा बढी आत्मिक तृप्तता तर्फ सोच्न सकौ ।आत्मिक वृद्धि र आत्माहरुको बचाउमा लाग्न सकौ। आमेन
11 डिसेम्बर 2021
-पास्टर नयन राई