(Daily devotion)
एस्तर 4:14-16 (NNRV)
14. यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन्। शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”15. तब एस्तरले मोर्दकैकहाँ यस्तो जवाफ पठाइन्:16. “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्ति उपवास बस्न भेला गर्नुहोस्। तीन दिन र तीन रातसम्म न त खानेकुरा खानुहोस् न पानी पिउनुहोस्। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्तै उपवास बस्नेछौं। त्यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्छ भने पनि होस्।”
मोर्दकैले रानी एस्तरलाई इस्राएलिहरु माथी आई पर्न लागेको बिनास बारे बताए। साथै तिनले आफ्नो जातिको खातिर केही गर्न पर्छ भनी पनि बताए। इस्राएलि जाती माथी जुन षड्यन्त्र भैरहेको थियो। त्यसको पछाडी परमेस्वरका मानिसहरु लाई नाश गर्नु र परमेस्वरको आराधाना गर्न रोक्नु नै थियो। रानी एस्तरलाई मोर्दकैले केही गर्नु भन्ने कुरा आफैमा ठूलो खतरा मोल्नु थियो। रानी एस्तर आफै पनि राजाको सामु इस्राएली यहुदी हु भनि प्रकट गर्नु थियो जसको बिरुद्द्मा राजाले नाश गर्नु भनी राजउर्दि गरेका थिए। यस्तो समयमा रानी एस्तर, मोर्दकै र यहुदिहरुले परमेस्वरमा भरोसा गर्नु बाहेक कुनै अर्को विकल्प थिएन। रानी एस्तरले सबैलाई उपबास बस्नु तीन दिन सम्म र तिनी र तिनको जातिको निम्ती परेस्वरले निगाह गरून्। राजाको हृदय परिबर्तन गरिदिउन भनेर प्रार्थना गर्न भनिन। सबैको प्रार्थनाको उत्तर स्वरुप एस्तरको कुरा राजाले सुने। मोर्दकै र यहुदी जातिलाई फाँसी चढाएर नाश गर्ने योजना बनाउने हामान आफै फाँसी भएर नाश हुन पुगे। प्रिय हो, यदि परमेस्वरका छोराछोरिको विरुद्ध दुष्ट मानिसहरुले षड्यन्त्र गर्छन भने, परमेस्वरको छोराछोरी ले निराश नभै परमेस्वरमा भरोसा गर्नु पर्छ , उहालाई पुकार गर्नु पर्छ। उपबास बसेर, नम्र भएर उहाको अगाडि जानू पर्छ,। हाम्रो परमेस्वरले हाम्रो बिरोधिहरुले गरेका जालहरुमा उल्टै तिनिहरुलाई नै पार्नुहुनेछ। आमेन।
12 फेब्रुअरी 2022
पास्टर नयन राई