Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

हिब्रू 11:6 (NNRV)
6. विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।

परमेस्वरलाई धेरै जनाले छोएर छामेर अनुभव गर्न नसकेकाले उनिहरुको जिबनमा उहाँ प्रती जुन भरोसा हुनु पर्ने हो, त्यो बिकास हुन सकेका हुदैनन् । तर परमेस्वरले काम गर्नुहुन्छ भन्ने कुरामा बिस्वास गर्नाले मात्र उहाँ काम गर्न सक्नुहुन्छ। अबिस्वास यस्तो डरलाग्दो बाधा हो कि मानिसहरुको अबिस्वास येशु स्वयमको लागि पनि मुस्किल पर्यो(मति 13:58)। परमेस्वर र उहाको कार्य क्षेमता बारे बिस्वास गर्नु चाहिँ उहालाई काम गर्न दिनु हो, उहालाई स्थान दिनु र उहालाई प्रसन्न पार्नु। परमेस्वर परमसत्तधारी हुनु भए तापनि धेरै हदसम्म तपाईको आशिषको निम्ति तपाईं स्वयमले परमेस्वरलाई ढोका खोली दिनु पर्दछ। त्यो ढोका चाहिँ उहाँ प्रतिको बिस्वास हो। के तपाईं परमेस्वरलाई काम गर्नको निम्ति ढोका खोल्न तयार हुनुहुन्छ? त्यसो हो भने उहामा बिस्वास गर्नुहोस। उहाले आश्चर्यकर्म गर्न सक्नुहुन्छ, नया काम गर्न सक्नुहुन्छ, उहाले प्रार्थनाको उत्तर दिन सक्नुहुन्छ भन्ने कुरामा बिस्वास गर्नुहोस। तपाईको बिस्वासले नै परमेस्वरलाई खुशी तुल्याउनेछ। आमेन।

27 नोभेम्बर 2021
-(पास्टर नयन राई)