(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
हिब्रू 12:14 (NNRV)
14. सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन।
हाम्रो परमेस्वर पबित्र हुनुहुन्छ(लेबि ११:४५) । पबित्रता चाहिँ सत्य हो, यो सर्बोच्च कुरा हो। परमेस्वर बाहेक कोहि पबित्र छैन। परमेस्वर पबित्र हुनु भएको हुनाले आफ्ना मानिसलाई उहाँ पबित्र जीवन जिउन आव्हान गर्नुहुन्छ। धेरै जनाले शरिरका कुराहरु- ब्यभिचार जस्तालाई मात्र अपबित्र ठान्ने गरेको पनि पाइन्छ। चेतना वा बचनको शिक्षाको कमिले मानिसहरु अन्य धेरै कुराहरुमा अपबित्र बनिरहेका हुन्छन। जस्तै, बोली, चित्र, रिस, नकारात्मक सोच, सङ्गत, खानपान, झैझगडा - बिबाद, बचनको अनादर, परमेस्वरको दास (पास्टर, अगुवा)प्रति अनादर वा नकारात्मक सोच, इत्यादी । यी सबै कुराले पबित्रतामा बाधा ल्याउछ। यसर्थ, माथिका यस खन्डले आज्ञा दिन्छ- शान्तिमा बस, पबित्र हुने प्रयत्न गर। शान्तिमा रहन र पबित्रतामा जिउन कोशिश गर्न आबश्येक छ। बचनको आग्यापालनले नै पबित्रतामा प्रवेश गराउदछ। किनकी परमेस्वरको वचन पबित्र छ। पबित्रतामा नै परमेस्वर र उहाको महिमाले हाम्रो जिबनमा काम गर्नेछ । आमेन ।
29 नोभेम्बर 2021
-पास्टर नयन राई