हिब्रू 2:14,15,18 (NNRV)
14. किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्,15. र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्।18. किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।
मृत्युको शक्तिलाई कसैले जित्यो भने येशुले जित्नु भयो। त्यसैले अब येशुमा बिस्वास गर्नेहरूको निम्ति शारिरको मृत्युको डर हटेको छ। किनभने येशु बिउतनु भएको छ। हामी पनि त्यसैगरी बिउतने छौ । त्यो स्वतन्त्रता र मुक्ति, त्यो बिजय दिनको निम्ति येशु अनेकन परिक्षित हुनुभयो। कस्ट भोग्नु भयो। उहाले पहिले नै सबै कुराको दुख भोग गरेको कारण आज तपाईं पनि खृस्टको खातिर दुख भोग्दै हुनुहुन्छ, वा त्यस्तै परिस्थिति भएर जाँदै हुनुहुन्छ भने येशुले तपाईलाई सहायता गर्न सक्नुहुन्छ। येशुले तपाईलाई स्थिर हुन शक्ति दिनु हुनेछ। यसकारण हतास नहुनुहोस, दुस्टको शक्ति माथी येशु बिजय हुनु भएको छ। आज हामी कस्टका समयहरुमा पनि डर रहित भएर येशुको सामर्थ्यमा जिउन सक्छौं । आमेन।
14 नोभेम्बर 2021
-(पा. नयन राई)