Listen

Description

हिब्रू 4:9-11 (NNRV)
9. यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको विश्राम बाँकी नै छ।10. किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्‍नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्‍वरले आफ्‍नो परिश्रमदेखि विश्राम लिनुभयो11. यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्‌।

इस्राएलिहरुलाई दूध र मह बग्ने देशमा प्रबेश गराएर यहोशुले जुन बिस्राम दिए। त्यो अस्थाई थियो र सन्सारको विश्राम थियो। पछि फेरि थुप्रै लडाई र संघर्ष भएर जानू पर्ने थियो। यशुलाई बिस्वास गरे पछि हामी स्वर्गीय बिश्राममा प्रबेश गर्दछौं । त्यो साचो विश्राममा पस्न शुरु गरेका हुन्छौं र हामी हाम्रो शरिरको अन्त पछि वा येशुको आगमन पछि त्यो स्वर्गीय शान्ति सहितको आराम गर्न पाउने छौ। येशुले दिनु हुने विश्राम उहाको स्वर्गीय राज्य हो। जसरी परमेस्वरले सृष्टिको काम गरि सके पछि सात दिनको दिन विश्राम गर्नु भयो, त्यसै गरि, हामी पनि यश सन्सारमा हाम्रो काम सके पछि स्वर्गीय राज्यमा बिस्राम गर्नेछौं । यशुलाई महिमा! सन्सारमा शरिरले गर्ने काम गार्हो भए पनि छोटो छ। त्यसपछी प्रभुको सामु आनन्दले बसेर गर्ने विश्राम भने अनन्तको छ। हल्लेलुयाह। आमेन।

15 नोभेम्बर 2021
-(पा. नयन राई)