हिब्रू 5:12-14 (NNRV)
12. किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्छ। 13. दूध मात्र खाएर बाँच्ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ।14. खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ। हिब्रुहरुलाई यो पत्र लेख्दै गर्दा उनिहरु आत्मिक रुपमा कमजोर र बालक नै थिए। बाइबलका गहकिला र बचनको आधारभुत शिक्षाहरु राम्ररी सिकेका थिएनन् । दूध र खदिलो खानेकुरा दुबै परमेस्वरका बचन हुन। दूध चाहिँ नया बिस्वासिहरुको निम्ति हो। परिपक्व बिस्वासिहरुको निम्ति खदिलो खानेकुरा जस्ता बचनहरु हुन। अक्सर मानिसहरु त्यसो गर्दा सजिलो लाग्ने हुनाले आत्मिक रितिले दूध मात्र खाएर रहन चाहन्छन। अलिक चुनोती भयो वा आग्याकारी हुनु पर्ने भयो भने गार्हो मानेर पछाडी हट्ने हुनाले त्यस्तो ब्यक्ती कहिले पनि आत्मामा दर्हो हुन पाउदैन। आत्मिक वृद्धिको लागि प्रार्थना गरिदेउ भनेर मात्र कहिल्यै वृद्धि हुन्न । जब सम्म हामीले बचनको आधारभुत शिक्षा र सत्यलाई सिक्दैन र पालना गर्दैन। आत्माको निम्ति खदिला कुराहरु भनेका येशुका गहिरा र आग्या पालन गर्न अलिक गार्हो लाग्ने खालका बचनहरु हुन। बिस्वासमा बड्न येशुका गहिरा र गार्हो लाग्ने खालका(कतिपटक दुखमा पनि भएर जानू पर्ने) बचनहरु मनन गर्नु र पालना गर्न तयार रहनु पर्छ। यसरी प्रभुको बचनमा निरन्तर आग्यापालनको अभ्यास र बढाईले हामी हाम्रो जिबनमा भएका खराबी र अशल कुराहरु छुट्ट्याउन सक्छौं । बचन मनन र आग्याकारिताको अभ्यासद्वारा नै पबित्र आत्माले हामिमा काम गर्नुहुन्छ । हामी दिन दिनै दर्हो बन्दै जाने छौ । आमेन।
17 नोभेम्बर 2021
-(पा. नयन राई)