(Daily devotion)
आजको बचन मनन गर्नुहोस।
हिब्रू 7:23-27 (NNRV)
23. अघिका पूजाहारीहरू धेरै संख्यामा थिए, किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो। 24. तर येशूचाहिँ अनन्त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्छ। 25. फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ। 26. किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्कलङ्क, पापीहरूबाट अलग र स्वर्गभन्दा पनि माथि उचालिएका हुनुहुन्छ27. अरू प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो।
पुरानो करारका पुजारिहरु कमजोरी र दुर्बलता भएकोले उनिहरु सिद्ध बन्न सकेनन। उनिहरुले दिनहु अरुका निम्ति मात्र नभएर आफु स्वयमको निम्ति पनि बलिदान चढाई रहनु पर्दथ्यो। तर यशु सिद्द र निस्कलङ्क हुनु भएको हुनाले उहाँ स्थायी प्रधान पुजारिको रुपमा आज पिताको दाहिने हातमा हुनुहुन्छ। उहाले आज तपाईं र मेरो निम्ति मध्यस्थता गर्दै हुनुहुन्छ। येशुको बलिदान सधैको निम्ति एकै पटक गरिएको बलिदान थियो। अरुले प्राणिहरुको बलिदान दिए। तर येशुले आफैलाई क्रुसमा बिलिदान गर्नुभयो। उहाको प्राण, रगत र शरीरको बलिदान यति सिद्द , निस्कलङ्क साबित भयो कि आज सन्सारमा आफुले गरेको पापमा कसैले पनि त्यस प्रकारको बलि दिन आबश्येक छैन। केवल येशुको बलिदानलाई स्विकार्नु र सम्झनु मात्र पर्छ। उहाको बलि सधैको निम्ति एकपटक भएकोले उहाँ सधैको निम्ति मध्यस्थता गर्नुहुन्छ। उहाँ हाम्रो पापको प्रायश्चित गरिदिन निम्ति सधै को प्रधान पुजारी हुनुहुन्छ। सधैको निम्ती अटल हुनु हुनाले तपाईलाई सदैब उद्दार गर्न सक्नुहुन्छ। तपाईको स्वर्गीय उद्दार त छदै छ, यश पृथ्वीमा पनि यशुले सदैब उद्दार गर्न सक्नुहुन्छ।
आमेन । 21 नोभेम्बर 2021
-( पास्टर नयन राई)