Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

हिब्रू 9:12-14 (NNRV)
12. बोका र बाछाहरूको रगतले होइन, तर आफ्‍नै रगतद्वारा अनन्‍त उद्धार प्राप्‍त गरिदिएर सधैँको निम्‍ति एकै पल्‍ट महापवित्र स्‍थानभित्र उहाँ प्रवेश गर्नुभयो।13. बोका र साढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्‍छ भने,14. ख्रीष्‍टको रगतले त झन्‌ कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्‍वरको सेवा गर्न सक। किनकि उहाँले अनन्‍त आत्‍माद्वारा आफैलाई निष्‍खोट बलिको रूपमा परमेश्‍वरलाई अर्पण गर्नुभयो।

पुरानो करारमा पुजारिहरुले जनावरको रगतले मानिसको पाप क्षेमा को निम्ति हरेक बर्स महा पबित्र स्थानमा प्रबेस गरेर प्रायश्चित गर्थे तर यो अस्थायी हुन्थ्यो। येशुले आफ्नै रगतले मानिसको निम्ति प्रायशचित गर्नुभयो र सधैको निम्ति स्वर्गीय महा पबित्रस्थानमा प्रबेश गर्नुभयो। जनावरको रगतले केही समयको लागि मान्छेलाई शारीरिक रुपमा शुद्द गर्थे। तर येशुको रगतले भने सधैको निम्ति शुद्ध गर्दछ। येशुको रगत (१) पबित्र छ(२) शुद्ध छ।(३) शक्तिशाली छ। यसकारण यसले हाम्रो शरीर मात्र होइन बिबेक र चेतनालाई समेत पुरा शुद्ध बनाउन सक्छ। यसर्थ, यशुको रगतलाई अधिकतम प्रयोग गर्नुहोस। दैनिक प्रयोग गर्नुहोस। मिनेट मिनेटमा प्रयोग गर्नुहोस। यशुको रगतले तपाईलाई पाप क्षेमा र बिजय दिइसकेको छ। आमेन।

23 नोभेम्बर 2021
-(पास्टर नयन राई)