Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस।

याकूब 3:17-18 (NNRV)
17. तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ।18. शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्‌, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌।

बुद्धि सबैलाई आबश्यक कुरा हो। तर कुन प्रकारको बुद्दिको पछि लाग्ने? सन्सारिक बुद्धि कि स्वर्गिय बुद्धि ? सन्सारिक बुद्धिले सन्सारमा अरुलाई पछि पारेर कसरि बिजय वा अगाडि बड्ने भन्ने सिकाउछ तर स्वर्गीय बुद्धिले भने शान्ति , शुद्धतामा, पबित्रतामा र प्रेममा बस्न सिकाउदछ। स्वर्गीय बुद्धिले आफ्नो जिब्रोलाई अधिनमा राखेर कृपालु बन्न सहायता गर्छ र धार्मिकताको अशल फल फलाउदछ। शान्तिपृय स्वभाव ल्याउदछ जुन चाहिँ पबित्र आत्माको फल हो। स्वर्गीय बुद्धि चाहिँ पबित्र आत्माबाट आउँछ। परमेस्वर बाट आउँछ र उहाको बचनबाट आउदछ। के तपाईं यस्तो बुद्धिको चाहना गर्नुहुन्छ ?जसै तपाईं येशुकहा स्वर्गीय बुद्धि माग्न नजिक जानुहुन्छ , पबित्र आत्मालाई पुकार गर्नुहुन्छ, वचन अध्ययन र मनन गर्नुहुन्छ, तपाईमा स्वर्गीय बुद्धि दिइनेछ। याकुव 1:5 ले भन्छ- '..यदि तिमिहरुमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसग नझर्की दिनुहुने परमेस्वरलाई त्यसले मागोस, र त्यसलाई त्यो दिइनेछ ।" आमेन।

5 डिसेम्बर 2021
-पास्टर नयन राई