(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
यहूदा 1:20,21,23 (NNRV)
20. तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्मामा प्रार्थना गर।21. आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। 22 दोधारमा परेकाहरुलाई दया देखाओ।23. अरूलाई आगोबाट तानी निकालेर बचाओ,....।
यशुले जन्म लिनुभएको परिवारका भाइ यहुदाले आत्मिक रुपमा दर्हिलो हुँदै झुटो शिक्षाको बारेमा सचेत रहन यी खन्डहरु लेख्छन। येशुको बारेमा भ्रमीत पार्ने शिक्षाहरु, झुटो शिक्षाको बिगबिगी भैरहेको समयमा यहुदाको पत्र अर्थपुर्ण छ। आज धेरै बिस्वासिहरु पनि भ्रमित हुँदै गएको अबस्था छ। सबैले वचन नै दैखाउदै बयान गर्छन। यश सम्बन्धमा यहुदा लेख्छन- "तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्मामा प्रार्थना गर। आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर।" हामिले साचो र पबित्र परमेस्वरलाई बिस्वास गरेकोले हाम्रो बिस्वास पबित्र छ। पबित्र बिस्वाससग पबित्र आत्मा जोडिनु भएको छ। जो हामी भित्र हुनुहुन्छ। पबित्र आत्मासग प्रार्थना गर्दा उहाले साचो र झुटो खुट्ट्याउनुहुन्छ। परमेस्वर प्रेम हुनुभएकोले बाइबलका जगहरुमाथी बिस्वास गरेर जिउदा हामिमा पनि खृस्टको प्रेम उत्पन्न हुन्छ। त्यहि प्रेमले नै आज तपाईले पनि अरुहरुलाई प्रेम गर्न सक्छ। मानिसहरु दुस्टका बन्धन र झुटो कुराहरुमा दोधारमा परेका छन। यशुले हामिलाई दया गर्नु भए झै हामी पनि उनिहरु प्रती दया देखाअौ र तिनिहरुलाई त्यस आगोबाट बाहिर ल्याउन प्रयत्न गरौ। हराएको एक भेडा भेटाउदा स्वर्गमा उत्सब हुनेछ। हामिले एक जनालाई मात्र त्यसो गर्न सके पनि त्यसको ईनाम ठुलो छ। खृस्टको प्रेम र शक्तिले यो कुरा सम्भब छ। आमेन।
27 डिसेम्बर 2021
पास्टर नयन राई
(daily devotion दैनिक बाइबल अध्ययनमा आधारित लेख हो। यसलाई सेभिङग्रेसनेपाली मंडलीका सदस्यहरुलाई दैनिक पठाईन्छ।)