Listen

Description

(Daily devotion)
आजको वचन मनन गर्नुहोस: खृस्टमस विशेष

मत्ती 1:18-21 (NNRV)
18. येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।19. तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे20. तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।21. तिनले एउटा पुत्र जन्‍माउनेछिन्‌, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”

तपाईलाई खृस्टमस बडादिनको शुभकामना । खृस्टमस समयले एक पटक फेरि तपाईं हाम्रो निम्ति मुक्तिदाता येशु प्रभु सन्सारमा जन्म लिएर आउनु भएको कुरालाई ताजा गराईदिएको छ। येशुले पबित्र आत्माबाट गर्भधारण भै जन्म लिनुभएको हुनाले उहाको सन्सारिक बाबू छैनन। मरियमसग बिबाहको निम्ति मगनी गरेका योसेफले जब तिनको मङेत्तर गर्भवती छिन भन्ने सुने, उनले तिनलाई बिबाह नगर्ने बिचार गरेका थिए। तर पबित्र आत्माले योसेफलाई सपना दर्शनमा बोल्दै गर्भ र जन्मन लागेका बालकको बिसयमा प्रकट गरिदिनु भयो। येशु सन्सारमा जन्म लिएर मानिस जातिको पापको निम्ति क्रुसमा टागिन आउदै हुनुहुन्थ्यो । येशुको अलोकिक योजनालाई कसैले पनि असफल पार्न सकेन। पबित्र आत्माले हस्तक्षेप गर्नुभयो। किनकी येशु स्वयम परमेस्वर मानिसको निम्ति मानिसकै रुपमा जन्मेर मानिसकै बिचमा प्रकट हुदै हुनुहुन्थ्यो। आज पनि परमेस्वर तपाईसग बोल्दै हुनुहुन्छ, उहाको योजना प्रकट गर्दै हुनुहुन्छ। परमेस्वरले तपाईको जिबनमा बडादिनको यो मोसम सगै नया प्रकाश र योजना प्रकट गरून्। उहाको योजना पूरा गर्न तपाईं हाम्रो जिबनमा यदि हस्तक्षेप नै आबश्यक हो भने पनि पबित्र आत्माले त्यसो गरून्। आमेन।

7 डिसेम्बर 2021
-पास्टर नयन राई