Listen

Description

फिलेमोन 1:15-17 (NNRV)
15. शायद तिमीबाट केही समयको निम्‍ति तिनी अलग्‍ग भएका थिए, ताकि तिनी सधैँको निम्‍ति तिमीसँग बस्‍न सकून्‌–16. अब उसो कमाराजस्‍तो होइन, तर कमाराभन्‍दा बढ़ी, प्रिय भाइजस्‍तै, विशेष गरी मेरो निम्‍ति, तर झन्‌ बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्‍ति।17. यसैले यदि तिमीले मलाई आफ्‍नै साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ तिनलाई ग्रहण गर।

फिलेमोनका एक जना नोकर (ओनेसिमस) सामान चोरेर भागेका थिए जो पछि पावल मार्फत येशुलाई चिने। पावलले अब त्यस नोकरलाई फिलेमोनकहा फिर्ता पठाउने निर्णय गर्दै चोरेर भागेको त्यस मानिसलाई सबै कुरामा क्षेमा दिदै ग्रहण गर्नु भनेर आग्रह गरे। उनको आग्रहमा प्रेम छ, एक जना नोकर जो चोरी जस्तो तुच्छ काम गरेको भए तापनि पावलले तिनलाई ठुलो प्रेम गरेका छन यहाँ सम्मकी तिनको ऋणहरु पनि तिरिदिन तयार छन। यहाँ पावलले बिस्वासि फिलेमोनलाई बताएका छन कि येशुलाई बिस्वास गर्नेहरु बिच क्षेमादान हुनुपर्छ, एक अर्कालाई स्वीकार गरिनु पर्छ, मालिक र दास पनि बराबरी हुन्छ र प्रेम तथा आदर गर्नु पर्दछ। हल्लेलुयाह! कती महान खृस्टको प्रेम। जसले हामिलाई सधै एक अर्कासग क्षेमा दान दिदै प्रेममा बस्न र स्वीकार गर्न सिकाउछ।आमेन।

13 अक्टोबर 2021
-(पा. नयन राई)