Listen

Description

(Daily devotion)
18 नोभेम्बर 2021

हितोपदेश 22:24-25 (NNRV)
24. गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्‌, 25. नत्रता त्‍यसको चाल तैंले सिक्‍लास्‌ र आफै पासोमा पर्लास्‌।

बाइबलले एक अर्कासग सङगती गर भनेर आदेश दिदछ। सङ्गतिमा मित्रता, प्रेम, सामिप्यता हुन्छ। त्यहा सबैकुरा बाडचुड गर्ने कुरा हुन्छ। एक अर्काप्रती बिस्वास हुन्छ। तर हितोपदेसको यो खन्डले गरम मिजास हुने खालका मानिससग सजग रजन सचेत गराउछ। गरम स्वभाव लगाएत यस्ता थुप्रै आदत, ब्यहोरा, लत हुन्छन् जसले मानिसहरुलाई बन्धनमा पारी राखेको हुन्छ। यदि तपाईं त्यस्ता मानिसहरुसग बडि नै हिड्यो भने वा सङ्गत गर्दै गयौं भने बाइबलले चेतावनी दिन्छ , हामि पनि उनिहरुका आदत, लत, बानी ब्यहोराको फन्दामा पर्न सक्छौं । त्यस्ता रिस उठ्ने बानी, आदत, लतहरु दुष्ट आत्माको प्रभाबहरु हुन। त्यसकारण तपाईले नचाहे पनि सङ्गतद्वारा दुस्ट आत्माले तपाईलाई फसाउन सक्छ । तर अब के गर्ने त? हामी त्यस्ता बन्धनमा परेका मानिसहरुसग सधै टाढा रहन सक्दैनौं । बरु बेला बेलामा भेटेर प्रेम प्रकट गर्ने, छुटकाराको निम्ति प्रार्थना गर्ने , आत्माको उद्दारको खातिर सुसमाचार सुनाउने काम गर्नै पर्दछ। प्रभुको बचन र पबित्र आत्माको शक्तिले यी कुराहरु गर्न सक्नेछो। आमेन।

18 नोभेम्बर 2021
- (पा. नयन राई)