(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
प्रकाश 12:10-11 (NNRV)
10. तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ।11. तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्।
दोस लाउनु चाहिँ शैतान अर्थात दियाबलसको काम हो। त्यसले परमेस्वरका परिवारलाई दोस लाएर परमेस्वरको योजना बिगार्न खोजेको थियो। तर आफै स्वर्गबाट फालिनु पर्यो। सैतान स्वर्गबाट फालिएकोले त्यसले स्वर्ग र स्वर्गीय कुरालाई छुन पनि सक्दैन। यसर्थ, हाम्रो स्वर्गीय मुक्ती निश्चित छ। हारेको हुनाले दुष्ट सैतानले आज तपाईलाई परमेस्वरको अगाडि दोस लगाउन सक्दैन । बिस्वासिहरुको सबै दोष र अपराध येशु थुमाको रगतले धोएर पखालेको हुनाले बिस्वासिहरु सैतानको शक्ति पापको बन्धनमा छैन। येशुको रगत शुद्ध, पबित्र र शक्तिशाली छ। येशुको रगतले दुष्ट सैतान माथी बिजय दिन्छ। परमेस्वरको आत्माको उपस्थिति भएकोले आज तपाईं र म सैतान माथी बिजय हुन सक्छौ। प्रभुको कामको गवाई बिजयको गवाई हो। यसर्थ, आजै देखि तपाईं दैनिक येशुको रगतलाई जिबनमा प्रयोग गर्नुहोस। पबित्र आत्मालाई थाहा गर्नुहोस। येशुले गर्नुभएको उद्दार चङ्गाई र मुक्तिको गवाई बाडिरहनुहोस। तपाईं बिजयी हुनुभएको छ। आमेन।
19 जनवरी 2022
-पास्टर नयन राई