(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
प्रकाश 13:8 (NNRV)
8. र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।
के तपाईलाई थाहा छ! तपाईको नाम जिबनको पुस्तकमा लेख्नको खातिर यशु थुमाको रुपमा सन्सारको सृष्टि देखि नै बलि हुनुभएको थियो। परमेस्वरले उहालाई आदि कालमा नै बलिदान गरि सक्नुभएको थियो। अब वास्तविक शरिरमा पनि बलि हुनु पर्ने समय आयो । अनि यशु कलवरीको क्रुसमा भोतिक रुपमै रगत बगाएर थुमा बलि हुनुभयो। उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका(हाम्रो) खातिर समयको अन्त्यमा प्रकट हुनुभयो(1 पत्रुस 1:20)। परमेस्वरको प्रेम कति महान छ। उहाले तपाईं र मेरो कमजोरिहरु जान्नुहुन्थ्यो। हामी आफ्नै बलले स्वर्गमा नाम लेख्न सक्दैनथ्यौ । हाम्रो मुक्तिको निम्ति नै यशु सन्सारको सृष्टि अघि नै मारिने कार्यको निम्ति नियुक्त भैसक्नुभएको थियो। हाम्रो खातिर निर्दोष ब्यक्तिले बारम्बार दुख भोग्नुभयो। उहाले दुख भोगेकाले अब कसैले त्यस प्रकारको बलिदानी दुख सहन पर्दैन। यशुको बलिदानले तपाईं र मेरो नाम जिबनको पुस्तक अर्थात स्वर्गमा लेखिएको छ। यशुलाई महिमा। आमेन।
20 जनवरी 2022
-पास्टर नयन राई