(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
प्रकाश 2:3-5 (NNRV)
3. म जान्दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।4. तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ।5. यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, ...।
प्रेरित युहन्नालाई भएको प्रकशमा येशु प्रभुले एफिससको मन्डलिलाई तिनिहरुको बिस्वासबारे प्रकट गरिदिनु भयो। एफिससको बिस्वासिहरु झुटा शिक्षाको सामना गर्दै यहाँ सम्म आएका थिए। तापनी उनिहरु येशु प्रतिको प्रेम र बिस्वासमा भन्दा अशल कामहरुमा ब्यस्त हुन थालेर यशुलाई बिर्सन थालेका थिए। शुरुवातमा उनिहरुमा जुन आनन्द, र प्रेम थियो अब त्यो ओईलाउन लागेको थियो। के तपाईमा पनि शुरुवातमा जुन जोश, आनन्द र प्रेम थियो, त्यो त्यस्तै छ? कि त्यो अहिले ओईलाईसकेको छ? यदि त्यसो हो भने तपाईले पनि यशुलाई गर्नु पर्ने पहिलो प्रेममा कमि त भएकोछैन? बाइबल भन्दछ- 'परमेस्वरलाई तेरो सारा हृदयले सारा प्राणले सारा समझले र सारा शक्तिले प्रेम गर।' जब हामीले शुरुमा खृस्टलाई चिन्यौ,त्यसबेला हाम्रो प्रेम उहाँ प्रती कस्तो थियो, सो हामी सम्झौ। अहिले हामी कस्तो छौ ? आफै आफैलाई बिचार गरौ । एफिससका मन्न्डलिलाई पश्चाताप गर भन्नुभयो। आज हामिले पनि उहालाई शुरुवातमा झै प्रेम गर्न छोडेर अरुनै काममा ब्यस्त भएका छौ भने आउनुहोस, पश्चाताप गरौ । फेरि हामी येशुलाई बिस्वासी जिबनको शुरुमा झै जिबन समर्पित गरौ । येशुका वचन, प्रार्थना सङ्गती, सुसमाचारमा समय दिअौ । उहाका बचनहरुमा जिउन थालौ । आमेन।
29 डिसेम्बर 2021
पास्टर नयन राई