(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
प्रकाश 5:11-12 (NNRV)
11. तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो।12. तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति सम्मान, महिमा, र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ।”
प्रेरित युहन्नाले यश दर्शनमा यस्तो देख्दैछन कि हाम्रो प्रभु मुक्तिदाता यशुलाई स्वर्गदुतहरुले
स्तुति प्रशङ्सा गरिरहेका छन। लाखौं र करोडौं सङ्ख्याका स्वर्ग दुतहरुले भन्दैछन- मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति सम्मान, महिमा, र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ। हाम्रो प्रभु जो हाम्रो निम्ति क्रुसमा बलि बनेर थुमा बन्नु भयो । स्वर्गीय सिहासनमा उहाको स्तुती प्रशन्सा हुँदै गरेको कुराले बुझाउछ कि उहाले यी सबै कुरा पाईसक्नु भएको छ। यशु खृस्टसग शक्ति , सामर्थ्य बुद्धि , सम्मान, र महिमा छ। यी सबै कुराहरु उहाको स्तुति र आराधनामा सिद्ध हुन्छन। स्वर्गिय सिहासनमा अघि करोडौं स्वर्गदुतहरुद्वारा स्तुति आराधना भैरहेको महान र सर्बोच्च प्रभुको अगाडी गएर उहाको आराधना गर्न पाउने को हो? प्रभुलाई तपाईले आज के दिन सक्नुहुन्छ जसद्दारा उहाँ प्रसन्न हुनुहुन्छ। हामी जस्ता केही नभएकाहरुले सबै कुरामा सर्बोच्च हुनुहुने खृस्टलाई के दिन सक्छौ र! यदि केही दिन सक्छौ भने त्यो केवल उहाको स्तुति र आराधना मात्र हुन सक्छ। हाम्रो प्रभु सबै आदर, महिमा र भक्तिको योग्य हुनुहुन्छ । यशुलाई महिमा!!
14 जनवरी 2022
पास्टर नयन राई