(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
प्रकाश 8:2-4 (NNRV)
2. परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो।3. अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो।4. धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो।
यहन्नाले पाएको दर्शनमा एक स्वर्गदुतसग धेरै धुप छ। त्यो धुप सन्तहरुका प्रार्थनाका साथ चढाउनलाई दिइएको छ। स्वर्ग दुतले जुन धुप प्रयोग गरेर सिहासनको परमेस्वरको आराधना र भक्ती गर्छन । त्यो पृथ्वीका मानिसहरुले गर्न सक्दैनन। तर यहाँ यो प्रकाश दिइएको छ, पृथ्वीका सन्तहरु भनेका आजका तपाईं र म जस्ता बिस्वासिहरु हौ। तपाईं र मैले चढाएका अन्तर बिन्ती र प्राथनालाई परमेस्वरको स्वर्गदुतले आफ्नो धुपका साथ चढाउछन। आज बिस्वासिहरुले गरिरेहका आराधना स्वर्गदुतहरुले गरेको आराधनामा मिसिएर सिहासनको परमेस्वरकहाँ पुग्दछ। हाम्रो आराधना, बिन्तिहरु स्वर्गसग सम्पर्कमा हुन्छन। कति पटक तपाईको प्रार्थनाहरु, बिन्तिहरु, चढाएका आराधना भक्तिहरु परमेस्वरकहा नपुगेको झै लाग्छ। तर तपाईं आराधना गर्न नथाक्नुहोस, मानिसहरुको निम्ति प्राथना गर्न, आत्मा बचाउने अन्तर बिन्ती गर्न नरोकिनुहोस। तपाईका सबै बिन्ती र प्राथनाहरु स्वर्गमा जम्मा भैराखेका छन। जसरी यश दर्शनमा स्वर्गदुतलाई दिइएको धूपको धूवाँ सन्तहरूका प्रार्थनाका साथ स्वर्गदूतको हातबाट परमेश्वरको सामुन्ने मास्तिर गयो। त्यसरी नै परमेस्वरले ठिक र उचित समयमा उत्तर दिनुहुनेछ। तपाईको सबै प्रार्थनाका जवाफ स्वर्गका परमेस्वरले दिनुहुनेछ। आमेन।।
17 जनवरी 2022
-पास्टर नयन राई