Listen

Description

तीतस 2:11,12,14 (NNRV)
11. किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ, 12. जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ। 14. ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो।

परमेस्वरको अनुग्रह अर्थात मुक्ती समस्त मानिसका निम्ति हुन। यसर्थ, आज हामिले पाएको त्यो अनुग्रह अरुहरुले पनि पाउन सकुन भनेर बाड्नु पर्दछ। किनकि त्यो मुक्तिको अनमोल अनुग्रह येशुको शरिर र रगतको बलिदानबाट मिलेको हो। यो मुक्तिको अनुग्रहले हामिलाई नया आत्मिक जीवन दिन्छ।अनि स्वर्गमा मात्र होइन, यसै सन्सारमा पनि हाम्रो मन र जिवन बदलिन शुरु हुन्छ। येशुले हाम्रो निम्ति बलि यसकारण हुन भयो ताकी उहाले हामिलाई हाम्रो सबै अधर्म बाट मोल तिरेर उद्दार गर्न सकुन। अनि हामिलाई शुद्ध पारेर एक विशेष पबित्र जातिको रुपमा तयार पार्न सकुन। कुरा बुझ्नमा छ, तपाईं चानचुने ब्यक्ति हुनु भएको छैन। येशुको बलिदान द्वारा मुक्तिको अनुग्रह पाएको ब्यक्ती, अधर्म क्षेमा भएको ब्यक्ती, नया जीवन पाएको ब्यक्ति । यसर्थ, झिना मसिना कुरामा नअल्झिकन आजै देखि उहाको त्यो मुक्तिकोअनुग्रह बाड्न शुरु गर्नुहोस। तपाईद्वारा प्रभुले धेरैको जिबनमा उद्दार ल्याउनु हुनेछ। किनभने सबै मानिसहरुका मुक्तिको निम्ति परमेस्वरको उद्दारको अनुग्रह प्रकट भएको छ। आमेन।

11 नोभेम्बर 2021
-(पा. नयन राई)