Listen

Description

Shree Higher Secondary School, मौरिघाट, दाङबाट SLC exam दिदासम्म वसन्त गिरीले Science Lab कस्तो हुन्छ देखेका थिएनन् । चुम्बकको बारेमा किताबमा पढे पनि चुम्बक वास्तवमा कस्तो हुन्छ देखेका थिएनन् । SLC सकेर उनी काठमाडौं आए र Amrit Science Campus बाट I.Sc. गरेर Tri Chandra College बाट B.Sc. र M.Sc. गरे । त्यस पश्चात Oregon State University, USA बाट Analytical Chemistryमा अर्को Masters गरे र University of Wyoming, USA बाट सोही विषयमा Ph.D. गरे ।

डा. गिरी नेपाल फर्केर Nepal Academy of Science and Technology (NAST) मा research fellow भएर काम गरे । तर त्यहाँ मासिक तलब पाए पनि ठोस काम गर्न नपाएको, नसकेको लागेर उनले अन्य वैज्ञानिक साथीहरूसँग मिलेर Kathmandu Institute of Applied Sciences (KIAS) संस्थापन गरे । 2014 मा शुरु भएको KIAS मा अहिले जैविक विविधता, जलवायु परिवर्तन, खडेरी अध्ययन, वातावरण प्रदूषण जस्ता विषयमा अनुसन्धान हुनुको साथै जैविक र रासायनिक विश्लेषणका लागि नयाँ प्रविधि विकासको अध्ययन-अनुसन्धान पनि हुन्छ।

विज्ञान-अनुसन्धान यात्राको बारेमा भएको यस कुराकानीमा डा. वसन्त गिरीले आफ्ना इच्छा, अनुभव , दुखेसो, सपना सबै खुल्लासँग, मनबाट बताएका छन् । यस audio podcast सुनेर प्रतिक्रिया दिनुहोला ।