आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छीतर्फ ४५ अर्ब ९ करोडविनियोजन गरिएको छ, जुन कुल बजेटको २.७३ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा यस आर्थिक वर्षको लागी ८.९ प्रतिशत (३ अर्ब ६९ करोड रुपैयाँ)ले बजेट वृधि भएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ मा कृषि तथा पशुपन्छीतर्फ ४१ अर्ब ४० करोड छुट्याएको थियो । यस एपिसोडमा आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषिको विकासको लागि विनियोजन गरिएको बजेटको विषयमा कुराकानि गरिएको छ।