Listen

Description

नेता भनेको त्यो हो, जसले नेतृत्व गर्न सक्छ, समाजलाई सही दिशामा डोर्‍याउन सक्छ । यो पुरानो परिभाषा हो । अहिलेको हाम्रो परिभाषा भने नेता भनेको त्यो हो, जसले लाभका क्षेत्रका दह्रो पारेर आफ्नो मुठ्ठी उचाल्न सक्छ । जसले काम कुरो जेसुकै भए तापनि भाषणबाजी, अन्तरवार्तामा भने राष्ट्रवाद पढाएर जनतालाई जुरुक्क जुरुक्क उचाल्न सक्छ ।